Loading...
मन्त्री छैनन् सिंहदरबारमा, सचिव पनि विदेश भ्रमणमा

Click to Load Image
काठमाडौं - मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरबारमा कर्मचारीहरू भेटिन छाडेका छन् । एक महिनादेखि २३ मन्त्रालय मन्त्रीविहीन हुँदा सिंहदरबार परिसर सुनसानजस्तै देखिन्छ । विभिन्न मन्त्रालयका सचिव, सहसचिव, उपसचिव र शाखा अधिकृतहरू पनि विदेश भ्रमणमा जाने क्रम बढेको छ ।

असार मसान्तमा मन्त्रालयमा विभिन्न शीर्षकमा बाँकी रहेको बजेट सक्न उच्चपदस्थ कर्मचारी विदेश भ्रमणमा जाने गरेका हुन् । यो खबर आजको नयाँ पत्रिकामा छ । 
प्रधानमन्त्री कार्यालयकै सचिव विदेशमा
प्रधानमन्त्री कार्यालयका एक सचिव र सहसचिव यतिखेर विदेशमै छन् । सचिव रामकुमार आचार्यसहितको एउटा टोली हालै विदेश भ्रमणमा गएको छ । उनी केही दिनअघि मात्रै विदेशबाट फर्किएका थिए । अरू तीन–चारवटा टोली पनि भ्रमणको तयारीमा रहेको स्रोतले जनाएको छ ।
यी हुन् धेरैपटक विदेश भ्रमण जाने सचिव
प्रधानमन्त्री कार्यालयका कानुनसचिव राजीव गौतम पटक–पटक विदेश भ्रमण गर्ने सचिवमा पर्छन् । केही समयअघि विदेशबाट फर्किएका उनी पुनः विदेश जाने सूचीमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जानकारी दिएको छ । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads