Loading...
मोडल हन्टमा ७० प्रतियोगीको स्पर्धा



काठमाडौं– ‘मोडल हन्ट नेपाल २०१७’का लागि ७० प्रतियोगी छनौटमाा परेका छन् । राजधानीमा आयोजित प्रारम्भिक चरणको बिभिन्न अडिसनबाट यी प्रतियोगी छानिन सफल भएका हुन् । 

प्रशिक्षित एवं दक्ष मोडल उत्पादन गरी उनीहरुको ब्यवसायिक करियर निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने उद्देश्यले बिगत ३ बर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगितामा छानिएका प्रतियोगी अन्तिम स्पर्धाका लागि थापाथलीस्थित मुड्स स्टुडियोमा ६ गतेदेखि नियमित प्रशिक्षणमा जुट्नेछन् ।

युवायुवतीको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागरलगायत नेतृत्वदायी क्षमताको विकास गरी अन्तर्राष्ट्रियस्तरको मोडल बन्न प्रतियोगीता लाभदायक हुने नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रबि धमलाले बताए ।

प्रतियोगीले अन्तिम स्पर्धामा र्याम्प, व्यक्तित्व विकास, संचार कला, फोटोसेसन, स्टेज पर्पmमेन्स, पब्लिक स्पिकिङलगायत विषयमा दक्ष व्यक्तित्वहरुद्धारा प्रशिक्षण लिने नेक्स्ट मोडल्सकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिइन् ।

प्रतियोगीमा भारतका चर्चित कोरियोग्राफर मिलन एच.आर राइको बिषेश प्रशिक्षण र रोजिन शाक्यको कोरियोग्राफी रहनेछ । एच.आर यसैबर्षदेखि प्रतियोगीतामा जोडिएका हुन् ।

प्रतियोगिताको बिजेताले नगद रु १ लाख, अमेरिकामा आयोजना हुने वल्र्ड फेसन परेडदेखि कोरियामा हुने फेसन वल्र्डसम्ममा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनुका साथै म्युजिक भिडियो र बिज्ञापन चलचित्र अभिनय अवसर प्राप्त गर्न सक्नेछन् ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads