Loading...
अमेरिकाले भन्यो, ‘आवश्यक परे उत्तर कोरियामाथि बल प्रयोग गर्नेछौं


बीबीसी
अमेरिकाले आवश्यक परे उत्तर कोरिया विरुद्ध ‘सैन्य ताकत’ प्रयोग गर्ने चेतावनी दिएको छ ।
संयुक्त राष्ट्रमा अमेरिकाका राजदूत निकी हेलीले सुरक्षा परिषद्को आपतकालीन बैठकमा उत्तर कोरियाको ताजा परमाणु परिक्षणबाट आफूहरुको सैन्य ताकतमा तीब्र रुपमा बढोत्तरी भएको बताएकी छिन् ।
अमेरिकाले उत्तर कोरियाविरुद्ध एक नयाँ प्रस्ताव ल्याउने निक्कीले बताएकी छिन् ।
उनले उत्तर कोरिया विरुद्ध व्यापार प्रतिबन्धको प्रयोग गर्ने धम्की पनि दिएकी छिन् ।
उत्तर कोरिया लगातार मिसाइल परिक्षण गरिरहेको छ र उक्त देशको पछिल्लो परिक्षण संयुत्त, राष्ट्र सुरक्षा परिषदको प्रतिबन्धलाई वास्ता नगरी गरेको उनले बताएकी छिन् ।
निकी हेलीका अनुसार थुप्रै वर्षसम्म प्योंगयांगमाथि अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाइयो तर यो असफल साबित भयो र अब नयाँ कदम उठाउनु पर्ने समय आएको छ ।
उनले भनिन्, ‘उत्तर कोरियाको मंगलबारको इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल परिक्षणपश्चात् कुनै कूटनीतिक हलको सम्भावना तिब्र रुपमा समाप्त भइरहेको छ ।’
अमेरिकी राजदूतले संयुक्त राष्ट्र सुरक्षा परिषदको आपतकालीन बैठकमा भनिन्, ‘हामीले पर्याप्त सैन्य ताकत प्रयोग गर्ने पूर्ण क्षमता छ । हामीलाई त्यसो गर्न बाध्य बनाए पक्कै पनि गर्नेछौं तर सकेसम्म उक्त दिशामा नजाने कोसिस पनि गर्नेछौं ।’
संयुक्त राष्ट्रमा चीनका प्रतिनिधीले बताए अनुसार चीन उत्तर कोरियाको ताजा परिक्षणलाई स्विकार गर्न सक्दैन । तर उनले संयमता अपनाउन र कुराकानीको बाटो रोज्न अपिल गरे ।
चीन र रुसले अमेरिकालाई दक्षिण कोरियामा एन्टी मिसाइल डिफेन्स सिस्टम थाड तैनाथ नगर्न अपिल गरेको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads