Loading...
राष्ट्रपतिविरुद्ध मनपरी लेख्ने अर्का युवक पनि पक्राउ

 १६ करोडको गाडी खरिद प्रकरणमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई जोडेर सामाजिक सञ्जाल फेसबुकमा मनपरी लेख्ने अर्का युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
तनहुँको बन्दिपुर निवासी नेविसंघ कार्यकर्ता बिबेक बाँनियालाई फेसबुकमा अश्लिल र अमर्यादित गाली गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । ट्रिनिटी कलेजका विद्यार्थी विवेकले यसअघि बन्दिपुरको नोत्रे दाम्स स्कूलमा पढेका  थिए । उनीमाथि प्रहरीले साइबर क्राइमसम्बन्धी मुद्दा चलाउने तयारी गरेको छ ।
यसअघि प्युठानका सोनुकुमार सुनारलाई प्रहरीले विहिबार कपिलवस्तुबाट पक्राउ गरेको थियो । पेशाले पत्रकार सोनुकुमार लामो समयदेखि राष्ट्रपति तथा राष्ट्र उच्च पदस्थ व्यक्तिमाथि तल्लोस्तरको भाषा प्रयोग गर्दै मनपरी लेख्दै आएका थिए । उनलाई थप कारवाहीका लागि काठमाडौं ल्याइएको छ ।
प्रहरी स्रोतका अनुसार सुनारमाथि प्रहरीले साइबर क्राइम सम्बन्धी मुद्दा अघि बढाएको र ५ वर्षको जेल सजायँ हुनसक्छ । साइबर क्राइमसम्बन्धी अपराधको दफा ४७ अन्तर्गत पक्राउ परेका सुनारलाई ५ बर्ष कैद र १ लाख रुपैयाँ जरिवानामा मुद्दा चलाउन काठमाडौं ल्याइएको हो ।
दैनिकनेपाल बाट 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads