Loading...
राष्ट्रपतिको १६ करोडको गाडी खरिद प्रकरणलाई लिएर सामाजिक संजालमा जथाभाबी लेख्ने पत्रकार पक्राउ

Click to Load Image
काठमाडौं– राष्ट्रपतिको १६ करोडको गाडी खरिद प्रकरणको बिषयलाई लिएर  सामाजिक संजालमा जथाभाबी लेख्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । 
गाडी खरिद प्रकरणसंग जोडेर अपमानजनक शब्द प्रयोग गर्ने प्यूठान घर भै हाल कपिलबस्तुको तौलिहवामा बस्दै आएका  पत्रकार सोनुकुमार सुनारलाई प्रहरीले पक्राउ गरेको हो । 
तौलिहवाकै रेडियो हुदामा कार्यरत रहेका सुनारलाई प्रहरीले रेडियो स्टेशन बाहिरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । 
सोनुले केहि समय अघि आफनो फेसबुक वालमा राष्टपति विद्यादेवी भण्डारीलाई केन्द्रित गदै अत्यन्तै आपत्तिजनक शब्दमा स्टाटस पोष्ट गरेका थिए ।
राष्ट्रपति भण्डारीलाई फेसबुक स्टाटसमा गाडी प्रकरणलाई जोडेर जथाभाबी लेखेको आरोपमा उनी पक्राउ परेका हुन्  । सुनारले साइवर अपराध गरेको विषयमा अनुसन्धान गर्न पक्राउ गरिएको प्रहरी उपरीक्षक भोजजंग शाहले बताउनु भयो  ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads