Loading...
किन यस्तो गर्छन् किशोर-किशोरी ?

किशोर पुस्तामा आत्माहत्याको कारण के हुनसक्छ ? जबाफ अनेकन छन् । जस्तो कि, परीक्षाको नतिजा, करियरको तनाव, प्रेम सम्बन्ध, पारिवारिक कलह आदि । कारण जे भएपनि तथ्यांकहरुले भन्छ, किशोरपुस्तामा आत्माहत्याको दर भयावह छ ।

यो पुस्तामा एक किसिमको मानसिक बिकार पनि फैलदो छ । उनीहरु आफुले आफैलाई पीडा दिन्छन् । कहिले हातको नसा काट्छन्, कहिले चुरोटको ठूटोले आफैलाई पोल्छन् । कहिले भित्तामा टाउको जोत्छन् ।
भनिन्छ, भावनात्मक आवेग वा कुण्ठाको स्थितीमा उनीहरुले आफुले आफैलाई दुख दिन्छन् । यो अवस्था आत्माहत्यासम्म पुग्न सक्छ ।
मनोवैज्ञानिकहरुका अनुसार यस्तो प्रवृत्ति किशोरमा भन्दा किशोरीमा बढी हुने गर्छ । धेरैजसो घटनामा के देखिएको छ भने, भावनात्मक कमजोरी, संवेदनात्मक आवेग, कठिन स्थितीसँग जुध्न नसक्नु वा असमर्थ हुनुले उनीहरुलाई त्यस्तो गर्न उक्साउँछ । यसबाट उनीहरुले क्षणिक रुपमै भएपनि कुन्ठा, अवसाद संवेदनाबाट मुक्ति पाएको ठान्छन् ।
यस्तो स्थिती किन आउँछ ?
यस्तो संवेदनाको पछाडि अनेक कारण हुनसक्छ ।
तनाव- अभिभावको आशा एवं महत्वकांक्षा, पीयर प्रेशर, पढाईको प्रेशर आदि कारणले उनीहरुमा तनाव पैदा हुन्छ । अहिले पढाईलाई लिएर बच्चामा जबरजस्त तनाव छ । हामीले देखेकै छौ, किशोर पुस्ताको आत्माहत्यामा परीक्षा पनि एउटा कारण बनेको छ ।
यदि अभिभावकले बच्चाको योग्यता पहिचान गर्ने, उसको मनस्थिती बुझ्ने हो भने यस्तो समस्या आउँदैन । तर, जब बच्चालाई निराश हुने वातावरण बनाइन्छ, उनीहरुले बाटो बिराउँछन् । आत्माहत्या गर्छन् ।
कहिले कहि अभिभावकले आफ्नो बच्चालाई अर्कासँग तुलना गरिदिन्छन् । यसले बच्चामा थप तनाव पैदा हुन्छ । बच्चामा हिनताबोध पैदा हुन्छ । आफुले आफैलाई कमजोर महसुष गर्छन् । अन्ततः यहि कारणले उनीहरु कुलतमा लाग्छन्, आत्माहत्या गर्न उक्सिन्छन् ।
डिप्रेशन– जब तनाव हुन्छ, त्यसले डिप्रेसन जन्माउँछ । यस्तो अवस्थामा उनी स्वंम वा घर परिवारले समेत थाहा पाउँदैनन् कि, ऊ के चाहन्छन् ?
एक अध्ययनका अनुसार आत्माहत्या गर्ने व्यक्तिको शरीरमा सिरोटोनिक हर्मोनको स्तर कम हुन्छ । यो हर्मोन, मुड, इमोशन, निन्द्रा, भोकलाई नियमित एवं नियन्त्रित गर्नमा साहायक हुन्छ । त्यसैले डिप्रेसनको अवस्थामा उसको सोंच प्रभावित हुन्छ । उसले केवल आफ्नो असफलता र निराशाको बारेमा मात्र सोच्न थाल्छ । डिप्रेसन बंशानुगत पनि हुनसक्छ ।
फस्ट्रेशन- अहिले धेरै किशोर पुस्ता यहि अवस्थामा गुजि्ररहेका हुन्छन् । आफ्नो इच्छा, आंकक्षा पुरा नहुनुले उनीहरुलाई फस्ट्रेशनको अवस्थामा पुर्‍याउँछ । जहिले पनि परिस्थिती आफु अनुकुल नहुँदा फस्ट्रेशन हुन्छ ।
संवादको कमी- अहिले बच्चा र परिवारका सदस्यहरुबीच अन्र्तक्रिया गर्ने, भलाकुसारी गर्ने समय छैन । बच्चाको भविष्यका लागि उनीहरुलाई परिवारले राम्रो स्कुलमा भर्ना गरिदिएका छन्, हरक्षण पढाईमा लगाएका छन् । यसले गर्दा उनीहरुलाई परिवारसँग भलाकुसारी गर्ने फुर्सद मिल्दैन । अभिभावक पनि व्यस्त छन् । यसले गर्दा बच्चाको भावना, संवेदनाबारे अभिभावक बेखबर छन् । यस्तो अवस्थामा बच्चाले आफ्नो मनको उथलपुथल कहाँ पोख्ने ? गुनासाहरु कसलाई सुनाउने ?
पुस्तान्तर- पुस्तान्तर पनि यस स्थितीको अप्रत्यक्ष कारण हुनसक्छ । कुराकानी गर्नका लागि परिवारसँग समय छैन, सबै आ-आफ्नो तालिकामा बाँधिएका छन् । उनीहरुको सम्बन्धमा खाडल छ ।
सामाजिक समस्या– जुन बच्चा सानो उमेरमा हिंसा, नशा, गरिबी, शारीरिक, मानसिक वा यौनजन्य दुब्र्यवहारबाट गुजि्रएका छन्, उनीहरुमा यस किसिमको प्रवृत्ति विकास हुन्छ । जुन परिवारमा सन्तुलन एवं समन्जस्यको अभाव छ, उनीहरुको बच्चा गलत बाटोमा लागेका छन् ।
सम्बन्धमा समस्या- रिलेसनशिपको समस्याले पनि बच्चाको विवेकलाई प्रभावित गर्छ । असफल प्रेम वा मित्रता, अनुचित रिलेसनसिप आदि कारणले उनीहरुको आत्मासम्मान टुट्न पुग्छ । उनीहरु इष्र्यालु बन्छन् । यहि कारण आफुले आफैलाई दुख एवं पीडा दिन्छन् ।
उनीहरुलाई कसरी सहयोग गर्ने ?
– चिन्ताग्रस्त एवं हिनतावोधले ग्रस्त बच्चाले आफुले आफैलाई पीडा दिने वा आत्माहत्या गर्ने योजना बनाएका हुन्छन् । कुनै समय उनीहरु खतरनाक कदम उठाउन तम्सिन्छन् ।
– यदि बच्चा भावनात्मक समस्याबा गुजि्ररहेका छन्, उनीहरुको कुरा कसैले सुन्दैनन्, उनीहरुलाई कसैले बुझ्दैनन् भने यस्तो स्थिती आउँछ, जो परिवारले सोचेका हुँदैनन् । त्यसैले बच्चालाई यस्तो अवस्थाबाट मुक्त गराउनका लागि उनीहरुलाई धैर्यतापूर्वक सुन्ने गरौ ।
–  बच्चाको भावना, मनोदसालाई बुझ्ने गरौं । उनीहरुलाई महसुष होस् कि, मेरो कुरा अभिभावकले सुन्छन् वा बुझ्छन् ।
–  बच्चाको कुरा बुझ्नका लागि भावनात्मक रवैया अपनाउनुहोस् । उनीहरुलाई भनौ कि, ‘त्यस उमेरमा म पनि तिमीहरुको जस्तै समस्याबाट गुजि्रएको थिएँ ।’
–  तपाईको बच्चाको कुरा वा सोंच गलत पनि हुनसक्छ । तर, शान्त वा नियन्त्रित हुनुहोस् । उनीहरुको चित्त दुखाउने काम गर्दै नगरौ ।
–  यसका साथै घरको माहौल एकदमै सकारात्मक राखौ । राम्रो कुराको प्रशंसा गरौ । गलत कुरालाई नजरअन्दाज नगरौ । उनीहरुलाई हरेक कुरामा दोष दिनुहुन्न ।
–   बच्चासँग क्वालिटी टाइम बिताउनुहोस् । उसलाई डिनरमा लानुहोस्, गेम्स खेलाउनुहोस् ।
–   बच्चाको तुलना अरु कसैसँग नगरौ । व्यांग, मजाक गर्ने वा धेरै कडा अनुशासनमा बाँध्ने काम नगरौ ।
–  यदि सतर्कता अपनाउँदा अपनाउँदै पनि बच्चाले गलत बाटो लिन्छ भने मानसिक स्वास्थ्यको उपचार खोज्नुपर्छ ।
कसरी थाहा पाउने छोराछोरीको मनोदशा ?
बच्चामा अचानक वा विस्तारै हुने परिवर्तनमा ध्यान राख्नुपर्छ । जस्तो कि,
–  विद्यालय वा कलेजको गतिविधिमा रुची नराख्ने ।
–  एक्लै बस्न खोज्ने । अरुसँग हाँस्न, बोल्न रुची नराख्ने ।
–  खाने, पिउने, सुत्ने तालिका बदलिनु ।
–  टाउको दुखेको वा थकान महसुष गरेको अवस्था ।
–  आफ्नो लुक्समा ध्यान नदिने ।
–  कहिले कहि आफ्नो सबैभन्दा मनपर्ने बस्तुप्रति पनि वेवास्ता गर्छ भने उनीहरु आत्माहत्या गर्ने मनस्थितीबाट गुजि्ररहेको हुनसक्छ ।
–  जहिले पनि आफ्नो असफलतामा घोत्लिने ।
–  कहिले एकदमै निरास त कहिले एकदमै खुसी हुनु ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads