Loading...
भरतपुर प्रकरणः आजपनि सुनुवाई भएन, फेरि सर्यो

काठमाडौं, २६ असार । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथिको सुनुवाई आज पनि हुन सकेन । सोमबार न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासले आजका लागि तोकिएको सुनुवाई समय अभावको कारण देखाउँदै साउन २ गतेका लागि सारिएको छ ।
गत शुक्रबार पनि समयअभाव भन्दै सुनुवाई आजका लागि सारिएको थियो । यो सँगै तेस्रो पटक सरिसकेको छ ।
भरतपुरमा कांग्रेस माओवादी गठबन्धनबाट मेयरमा माओवादीकी रेणु दाहाल र उपमेयरमा कांग्रेसकी पार्वती शाह उम्मेदवार छन् । एमालेबाट मेयरमा देवी ज्ञवाली र उपमेयरमा दिव्या आचार्य प्रतिस्पर्धामा छन् ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads