Loading...
अध्यागमनमा रोकिएका २७ सय यात्रुले भाडा फिर्ता पाएनन्


अन्तराष्ट्रिय वायुसेवा कम्पनीहरुले जिलेश जाने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा रोकिएका करिब ३ हजार नेपालीको हवाई भाडा फिर्ता गर्न अटेर गरेका छन् ।
विदेश जाने क्रममा विमानस्थलको अध्यागमनबाटै फिर्ता भएका २ हजार ७ सयभन्दा बढी नेपालीले हवाई भाडमा तिरेको ६० करोडभन्दा बढी रकम नपाएको पाइएको खबर आजको कारोबारमा छ ।
फिर्ता भएका यात्रुले गन्तव्य र हवाई कम्पनीअनुसार २० हजार रुपैयाँदेखि ६० हजार रुपैयाँसम्म फिर्ता पाउनुपर्छ ।
भाडा फिर्ता नपाउनेमा सबैभन्दा बढी वैदेशिक रोजगारीका लागि खाडी मुलुक जाने नेपाली कामदार रहेका छन् । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads