Loading...
२३२ स्थानीय तहको नतिजा सार्वजनिक, चौथो शक्तिलाई सातौं स्थान, एमाले अब्बल

काठमाडौं, १९ असार— असार १४ मा सम्पन्न स्थानीय तह निर्वाचनको सोमबार बिहान पौने आठ बजेसम्म प्राप्त मतपरिणाम अनुसार संसदको चौथो शक्ति राप्रपाले जम्मा एक सिट जितेको छ ।

संसदको चौथो शक्ति भएपनि दोस्रो चरणको निर्वाचनमा राप्रपा रातौं स्थानमा रहेको छ । राप्रपा भन्दा अघि कांग्रेस, एमाले, माओवादी, संघीय समाजवादी फोरम, फोरम लोकतान्त्रिक र जनमोर्चा समेत रहेको छ ।

२३२ स्थानीय तहको नतिजा आउँदा एमालेले प्रभावशाली अग्रता लिएको छ । उसले अहिलेसम्म १०१ स्थानीय तह जितेको छ भने कांग्रेस ९० तह जित्दै पछिपछि छ । यसैगरी माओवादी केन्द्रले ३० स्थानीय तह जितेको छ ।

पहिलो संविधानसभाको निर्वाचनमा पहिलो शक्ति बनेको माओवादी स्थानीय तहको निर्वाचनसम्म आइपुग्दा कमजोर अवस्थामा पुगेको देखिएको छ । यद्यपी दोस्रो संविधानसभा निर्वाचनको तुलनामा यो पटक केहि सुधारिएको जनमत माओवादीको पक्षमा देखिएको बताइन्छ ।

यता संघीय समाजवादी फोरमले २ स्थानमा जित हासिल गर्दा फोरम लोकतान्त्रिकले २ र जनमोर्चाले २ स्थानमा जित हासिल गरेको छ ।

निर्वाचन आयोगले असार १४ मा प्रदेश नेम्बर १,५ र ७ का ३३४ स्थानीय तहमा निर्वाच्न गराएको थियो ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads