Loading...
सरकारमा सहभागि गराउन चासो नदिएपछि राप्रपाको आक्रोश


काठमाडौं–सरकारमा सहभागि गराउने विषयमा सत्तारुढ दलले चासो नदिएको भन्दै  कमल थापा नेतृत्वको राप्रपा आक्रोशित बनेको छ ।  

संसदमा ३७ सिट रहेको राप्रपाले प्रधानमन्त्री निर्वाचनमा  शेरबहादुर देउवाको पक्षमा मतदान गरेको थियो । तर, सरकारको सहभागिताको विषयमा अनावश्यक  सर्त राखेको तथा पछिल्लो समय देउवाले  ‘रिस्पोन्स’ गर्न समेत छाडेको  आरोप राप्रपाको छ । 

राप्रपा स्रोतका अनुसार अध्यक्ष कमल थापा अनावश्यक सर्त राखिए  आफू पनि कडा रुपमा प्रस्तुत हुने भन्दै निकटस्थसँग छलफलमा जुटेका छन् ।  उनले निकटस्थहरुसँग सत्तारुढ दलले  वेवास्ता गरे सरकारलाई दिएको समर्थन फिर्ता लिने तथा संशोधनमा पनि पुर्नविचार गर्नेसम्मको अवस्थामा पुग्नुपर्ने विषयमा छलफल थालेको बताइएको छ ।
राप्रपाका एक शीर्ष नेताले  सत्तारुढ दलले उपप्रधानमन्त्रीसहित ४ मन्त्रालय दिन सहमति जनाएको भएपनि पछिल्लो समय अनावश्यक सर्त राखेर  चौथो ठूलो शक्तिलाई अपमान गर्न  खोजेको आरोप लगाए । उनले सत्तारुढ दलसँग सरकारका विषयमा वार्ता गर्न कार्यदल पार्टीले कार्यदल गठन गरेको भएपनि अहिलेसम्म प्रभावकारी छलफल समेत हुन नसकेको आरोप लगाए । 

 सत्तारुढ दलले  राप्रपालाई छाडेर राजपा र  संघीय समाजवादी फोरमलाई सरकारमा सहभागि गराउने गरी तयारी थालेपछि राप्रपा आक्रोशित बनेको हो ।   

सरकारले मधेसी दलको माग पूरा गर्न संशोधन प्रस्ताव पारित गर्न चाहिरहेको  बेला राप्रपा चिढिएको अवस्थामा थप समस्या पर्ने बुझिएको छ। 

 एमालेले संशोधनको विरोध गरिरहेको बेला  राप्रपाले पनि  सरकारलाई दिएको समर्थन फिर्ता लिने तथा संशोधन प्रस्ताव पारित गर्न नसघाउने निर्णय लियो संशोधन थप संकटमा पर्ने निश्चित छ  ।
 यसअघि भने राप्रपाले संशोधनमा सघाउने गर्ने निर्णय गरेको थियो । जारी केन्द्रीय समिति बैठकले सरकार र संशोधनका विषयमा  आवश्यक निर्णय गर्ने सम्भावना रहेको समेत एक नेताले रातोपाटीलाई बताए । राप्रपाको केन्द्रीय समिति बैठक राजधानीमा आजदेखि सुरु भएको छ । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads