Loading...
छाेराले उपमेयरमा जितेकाे सुन्न नपाउदै अामाकाे मृत्यु


ताप्लेजुङ । निर्वाचनकाे मत परिणाम अाएर छाेराले उपमेयर जितेकाे खुशी साट्न नपाउदै ताप्लेजुङमा अप्रिय घटना भएकाे छ ।
ताप्लेजुङको एक मात्र नगरपालिका फुङलिङको उपमेयरमा माअाेवादी केन्द्रबाट निर्वाचित भएका बम बहादुर भट्टराई जित संगै अामाकाे दाहसंस्कारमा लागेका छन ।
एकातिर अबिर माला लगाएर छाेराकाे जितमा खुसी साटने सपना बाेकेकी अामा छाेराले जितेकाे खबर सुनेकाे केही क्षणमै मृत्यु भएपछि ताप्लेजुङकाे फुङलिङ नगरपालिका शाेकमा डुबेकाे छ ।
माअाेवादी केन्द्रबाट उपमेयरमा जित हासिल गरेका बमबहादुरकाे ५५ बर्षीया अामा नरमाया भट्टरार्इकाे अाइतबार मृत्यु भएकाे हाे ।
उनकाे अर्का छाेरा याेगेस भट्टरार्इ पनि साेही नगरपालिकाकाे ११ नै वडाबाट वडा सदस्यमा बिजयी भएका थिए । छाेराहरू बिजयी भएकाे खबर संगै गाउमा खुसियाली छाएकाे थियाे तर भट्टरार्इकाे परिवारमा कालाे बादल छायाे । दुवै दाजुभाइ नगरपालिकामा बिजयी हासिफ गरेपनि खुसी साट्न पाएनन । श्रोत: पूर्वेली न्युज 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads