Loading...
बाबुरामलाई छाड्दै उपेन्द्र, माओवादी केन्द्रसँग एकताका लागि पार्टीमा बहस चलाउँदै

काठमाडौं, २६ असार । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल पार्टी र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच केही समययता प्रमिल सम्बन्ध छ । यही प्रेमपूर्ण ‘रिलेसन’का कारण अलग पार्टी भए पनि यी दुवै शक्ति एउटै पार्टीको झल्को दिनेगरी गतिविधि सञ्चालन गरिरहेका छन् ।
साँघु साप्ताहिकमा खबर छ– पहिलो र दोस्रो चरणको दुवै निर्वाचनमा बाबुराम र उपेन्द्रसँगै एउटै चिह्नमा चुनाव लडेर नयाँ प्रयोग गरे । निर्वाचनपछि एकीकरण गर्ने भद्र सहमतिअनुसार बाबुराम र उपेन्द्रको सहकार्य अघि बढ्दै आइरहेको भए पनि अब भने दुर्इ पार्टीको सम्बन्धमा दरार आउन सक्ने संकेतहरु देखिन थालेका छन् ।
पार्टीभित्रको अनेक समस्याहरुले रन्थनिएका बाबुरामले संघीय समाजवादी फोरमसँग लगन गाँठा् कस्ने हतारो देखाए । स्रोतका अनुसार, यत्तिकै रहँदा पार्टीमा अनेक समस्या आउन सक्ने आंकलन गर्दै बाबुरामले एकताको हतारो देखाए पनि यादवले उनलाई ग्रीनसिग्नल नदिने निष्कर्षमा पुगेका छन् । पार्टीको एउटा खेमाले यादवलाई नयाँ शक्ति पार्टीसँग एकताका लागि पहल गर्न दबाब दिए पनि यादवले नयाँ बहस पार्टीभित्र हुलेका छन् । स्रोतका अनुसा, यादवले बाबुरामको पार्टीसँग भन्दा पनि माओवादी केन्द्रसँग सके एकता नसके कार्यगत एकता गरेर अघि बढ्नुपर्ने चाहना देखाएका छन् ।
यादवले अकस्मात पार्टीमा यस्तो डिस्कोर्स चलाएपछि संघीय समाजवादी फोरममा दुईतर्फबाट बहस सुरु भएको छ । स्रोतका अनुसार, अशोक राई, राजेन्द्र श्रेष्ठलगायत नेताहरु उपेन्द्रको नयाँ प्रस्तावबाट रुष्ट बनेका छन् । राई र श्रेष्ठहरुले माओवादीसँग भन्दा बाबुरामसँगै एकता गरेर अघि बढ्नुपर्ने मत राखेका छन् । तर, यादवले स्थानीय तह निर्वाचनमा बाबुरामसँग तालमेल गरेर अघि बढ्दा खासै उपलब्धि हात नलागेको भन्दै राई र श्रेष्ठलगायतका नेतालाई फकाइरहेका छन् ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads