Loading...
यसबर्षको बजेट खर्च अन्र्तगत पूँजीगत खर्च १ सय ६९ अर्व, ४६ करोड ९९ लाख ८९ हजार भएको छ भने ५ सय ४ अर्ब, २ करोड, ९१ लाख ५८ हजार चालु खर्च

Click to Load Image

अर्थमन्त्रालयको बुधबारसम्मको आंकडा अनुसार यसबर्षको बजेट खर्च अन्र्तगत पूँजीगत खर्च १ सय ६९ अर्व, ४६ करोड ९९ लाख ८९ हजार भएको छ भने ५ सय ४ अर्ब, २ करोड, ९१ लाख ५८ हजार चालु खर्च  भएको छ । 

यस्तै वित्तिय व्यवस्थाका लागि ८७ अरब ५० करोड ५८ लाख ५२ हजार गरेर कुल ७ सय ६१ अर्ब, ४९ लाख ८९ हजार खर्च भएको अर्थ मन्त्रालयका राजस्व सचिव शिशिर कुमार ढुङ्गानाले जानकारी दिए । व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिमा बिहिबार भएको छलफलमा अर्थ मन्त्रालयका पदाधिकारीहरुले यसबारे जानकारी दिएका हुन् । 

बैशाखदेखि हालसम्म स्रोत सुनिश्चितता ४ वटा क्षेत्रमा भौतिक पूर्वाधार मन्त्रालय , संघीय मामिला, स्वास्थ्यमा र सिंचाईमा गरेर कुल ५ अरब ५८ करोड ५९ लाख २३ हजार स्रोतको सुनिश्चता दिएकोमा अहिलेसम्म स्वास्थ्यको १ अर्ब ११ करोड निकासा भइसकेको छ । यस्तै ४ अर्ब ४७ करोड बाँकी रहेको सचिव ढुङ्गानाले जानकारी दिए । 

मन्त्रालयको विवरण अनुसार चालु खर्च ८१ दशमलव ६७ प्रतिशत भएको छ भने ५४ दशमलव ३३ प्रतिशत पुँजीगत खर्च भएको छ । यस्तै वित्तिय व्यवस्थाका लागि ७३ प्रतिशत खर्च भएको छ । 

सांसदले भने–असारको भेलले पैसा बगाएर नेताको घरमा पु¥याँउछ 

लेखा समितिको बैठकमा सांसदहरुले आर्थिक बर्षको अन्त्यमा आएर अर्थमन्त्रालयले अनावश्यक रुपमा रकमान्तरण गरेको भन्दै आलोचना गरेका छन् । 
सांसद धनराज गुरुङले कटाक्ष गर्दै भने–‘असारमा बढी भेल आँउछ । बाढीले ढुङ्गा माटो मात्र हैन पैसा पनि बगाँउछ । त्यो बाढीले बगाएको पैसा नेताको घरमा पनि पुग्छ रे ।’

उनले बिकासका नाममा रकमान्तरण गरेर कर्मचारी र नेताको मुख र पेटका लागि खर्च गरेको आरोप लगाँउदै बिकासको नाममा बजेट सक्ने खेल मात्र भएको बताए । 

यस्तै अर्का सांसद हरि नेपालले आफ्नो निर्वाचन क्षेत्रमा बहुवर्षिय योजनाका लागि पनि बजेट नदिइएको बन्दै नचाँहिदो योजनामा खर्च गरेर ब्रम्हलुट मच्चाइएको गुनासो गरे । 

अर्का सांसद रामहरी खतिवडाले अघिल्लो सरकारका अर्थमन्त्री कृष्णबहादुर महाराले लेखा समितिका आएका बेला यसबर्ष बजेट रकमान्तरण नगर्ने बताए पनि रुकुम रोल्पा र चितवनमा सबैभन्दा बढी रकमान्तरण भएको बताए । उनले यो बर्षमात्र चितवनमा ६ अर्व रुपैयाँ रकमान्तरण भएको भन्दै संसदको विशेषाधिकार हनन भएको बताए ।  

बैठकमा अर्थमन्त्रालयको बजेट महाशाखाका सहसचिव केवल भण्डारीले नयाँ कार्याक्रमका लागि बजेट रकमान्तरण नगरेको दावी गरे । भौतिक योजना मन्त्रालय अन्र्तगतका केही आयोजनामा रकम सुनिश्चितता गरेको गराँउदै ब्यापारिक सडकको रुपमा रहेको बिराटनगर, इटहरी धरान सडक बिस्तारका लागि २ अर्ब ३३ करोड खर्च गर्न लागिएको जानकारी दिए । यसको काम शूरु नभएको र बहुबर्षीय ठेक्का अन्र्तगत राखिएको उनको भनाई थियो । 

यस्तै घोराही हर्नक, कर्मीचौर, मुर्कुटे प्युठानको सडक, रानीफलेबास सडक, ताप्लेजुङ ओलाङचुङगोला तिप्साल सडक, मुढे मेलुङ सडक, हर्दिचोक चिप्लेटी कालेटार सडक, मैत्रीमार्ग कीर्तिपुर नगरपालिकाको सडकका लागि बजेट सुनिश्चितता गरेको बताए । 
यस्तै संघीय मामिला मन्त्रालय तर्फ काठमाडौं महानगरपालिकालाई ३ वटा धुलो उठाउने बु्रमर मेसिन  किन्नका लागि ९ करोड दिइएको जानकारी दिए । 
यस्तै सिंचाई मन्त्रालय अन्र्तगत झिम्रुक नदी नियन्त्रण आयोजनाका लागि आगामी बर्षदेखि बहुवर्षीय ठेक्काबाट जानका लागि १४ करोड ५७ लाख दिइएको छ ।
यस्तै स्वास्थ्य मन्त्रालय अन्र्तगत वीर अस्पताल र पाटन अस्पतालका लागि आवश्यक उपकरणका लागि निकासा गरिएको जानकारी दिए । 

यस्तै सांसदहरुले कर्मचारीको बिदेश भ्रमणमा अनावश्यक खर्च गरेको भन्दै आलोचना गरेपछि सहसचिव भण्डारीले स्वीकृत कार्यक्रमका अन्र्तगत रहेर बिदेश भ्रमणका लागि रकम दिइएको तर गैरसरकारी संस्थाको तर्फबाट गएको बारे मन्त्रालयमा जानकारी नहुने बताए । 

साउनदेखि हुने बिदेश भ्रमणमाथि अर्थमन्त्रालय कठोर हुने       

छलफलमा मन्त्रालयका सहसचिव केवल भण्डारीले कर्मचारीको विदेश भम्रण अघिक भएको भन्दै आगामी साँउनदेखि अर्थमन्त्रालय कठोर हुने निर्णय गरेको जानकारी दिए । उनले आवश्यक भन्दा बढी बिदेश भ्रमण भएकोबारे अर्थमन्त्रालयले पनि महशुस गरेको बताए । पूर्व निर्धारित नियमित कार्यक्रम अन्र्तगत नै विदेश जानेका लागि अर्थ मन्त्रालयले खर्च दिएको बताँउदै कार्यक्रम बाहिरबाट बिदेश जाने कर्मचारीलाई खर्च ब्यवस्थापन नगरेको बताए । 

समितिको निर्देशन 

आर्थिक बर्षको अन्त्यमा रकमान्तरण भएको बिषयमा लेखा समितिले विवरण माग गरेको छ । समितिले संसदबाट स्वीकृति भएका योजना र कार्यक्रम बाहेक थप कार्यक्रममा सैदान्तिक सहमति र रकमान्तरण गरिएका बिस्तृत योजना र विवरण ७ दिनभित्र उपलब्ध गराँउन अर्थमन्त्रालयलाई निर्देशन दिएको छ । 
यस्तै चालु आर्थिक बर्षमा सरकारी खर्चमा विभिन्न परियोजनामा राजनीतिक र प्रशासनिक नेतृत्वमा भएको राजनीतिक र प्रशासनिक भ्रमणको यथार्थ विवरण र खर्चको विवरण बुझाँउन प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र अर्थमन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads