Loading...
हेराथको स्थानमा चण्डीमाल कप्ता


कोलम्बो – भारतबिरुद्ध कोलम्बोमा तीन अगस्तदेखि शुरु हुन लागेको दोस्रो टेष्ट म्याचको लागी रगंना हेराथको ठाउँमा श्रीलकां क्रिकेट टिमको कप्तानको जिम्मेवारी दिनेश चण्डीमललाई दिइने सम्भावना छ । 

निमोनियाका कारण गलेमा खेलिएको पहिलो टेस्ट म्याचबाट बाहिरिएका चण्डीमाल दोस्रो टेष्ट म्याचमा भने फर्किने छन् । 

गाले अन्तिर्राष्ट्रिय स्टेडियममा खेलिएको पहिलो टेष्ट म्याचमा श्रीलकांको कप्तानी सम्हालेका रगंना हेराथको औँलामा चोट लागेको थियो । यसैकारण उनले दोस्रो टेष्ट म्याचमा खेल्ने सम्भावना कम रहेको बताइएको हो ।

श्रीलंका क्रिकेट टिमका प्रबन्धक र चयनकर्ता आशन्का गुरुसिन्हाका भन्छन्, ‘खेलका लागी दिनेश फिट हुनु जरुरी छ ।’ उनले आइतबार भने ब्याटिङ अभ्यास गरेका थिए । 

हेराथको अवस्था बारे गुरुसिन्हाले भने, ‘उनको औलाको चोट निको भैसकेको छैन । हामी उनलाई आगामी म्याचको शुरुवातसम्मको समय दिने छौँ । यो हेर्ने छौँ कि उनी मैदानमा उत्रिन तयार छन् कि छैनन् ।’  

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads