Loading...
मुग्लिन-नारायणघाट सडक खण्ड पुनः अवरुद्ध


बर्खा लागेसँगै पटक-पटक अबरुद्ध भैरहेको मुग्लिन-नारायणघाट सडक खण्ड पुनः अवरुद्ध भएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ६ को चार किलोमा पहिरो खस्दा मुग्लिन नारायणघाट सडक पुनः अवरुद्ध भएको हो ।
बुधबार दिउँसो चार किलोमा भन्ने ठाउँमा ठूलो पहिरो खसेकाले बाटो अवरुद्ध भएको चितवनका प्रहरीले जानकारी दिएको छ ।
पहिरो ठुलो खसेकोले आज बाटो खुल्ने सम्भावना नरहेको बताउँदै ट्राफिक प्रहरीले मुग्लिन नारायणघाट सडक हुँदै चल्ने गाडीलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह समेत गरेको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads