Loading...
कुवेतमा नेपाली युवकको समुन्द्रमा डुबेर ज्यान गयो


बागलुङ, ६ साउन- बागलुङ जिल्ला बडिगाड गाउँपालिका वडा नम्बर ७ साविक भिङगिठे गाबिस ६ असारेका २५ बर्षीय लक्ष्मण घर्तिको विहिबार नुहाउने क्रममा समुन्द्रमा डुबेर मृत्यु भएको छ । दिउसो डिउटी सकेर साथीहरु सगँ नुहाउन गएका घर्तिको अचानक समुन्द्रमा डुबेर मृत्यु भएको बताइएको धरातलअनलाइनमा समाचार छ ।
घर्ति बिगत ४ बर्ष यता कुवेतको एमईसिसि कम्पनीमा काम गर्दै आएका थिए । दिउसो डिउटी सकेर नुहाउन जादा अचानक उनको मृत्यु भएको आफ्नत सुर्या थापाले बताए । उनलाई गाउमा कपिल नामले बोलाउने गर्थे | उनका घरमा एक छोरी र श्रीमती रहेको बताइएको छ ।
लक्ष्मण घर्तिको घटनाको बिषयमा दुताबासमा अहिले सम्म कुनै जानकारी प्राप्त नभएको र भोली नै यस बिषयमा सत्यतथ्य बुझेर आवश्यक कानुनी प्रक्रियाका लागी पहल गरिने दुताबासका द्दितीय सचिब ज्ञान बहादुर मगरले बताए |
एउटै वडामा एक महिनाको अन्तरालमा २ युवको मृत्यु हुदा गाउनै सोक मय भएको छ । गत जेष्ठ २८ गते सोहि वडाका २५ बर्षका भिम बहादुर केसीको गाडीको ठक्करबाट साउदीमा मृत्यु भएका थियो । उनको शब अझै नेपाल नआएको आफन्तले गुनासो गरेका छन ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads