Loading...
बाग्लुङ्गमा खोलाले सयौं रोपनी खेत बगर बन्यो आधा दर्जन वस्ती जोखिममा, यातयात ठप्प (हेर्नुस तस्वीरमा)

गुल्मी – दुई  दिन  देखि  लगतार अविरल    वर्षाका कारण े गुल्मी , वाग्लुङ्ग , अर्घाखाँची , प्युठान र रुकुम जिल्लावासी  नराम्ररी प्रभावित भएका छन् ।   वाग्लुङ्गको   सदरमुकाम देखि पश्चिम वुतिवाङ्ग र रुकुमको लुकुम  सम्मको   यातायात सेवा दुई दिनदेखि  ठप्प भएको छ । मध्ये पाहडी लोकमार्गको विभिन्न स्थानमा पहिरो जाँदा यातायात ठप्प  भएका हुन् ।निशी, भलकोट हुँदै  रुकुम सम्म पुग्ने   यात्रु अलपत्र परेका छन् ।  
देविस्थान  खोला बढेपछि वुर्तिबाङ्गदेखि  निसीको यातायात सेवा पनि ठप्प भएको छ । देश  विदेशबाट   चुनावमा भोट हाल्न घर आएकाहरु मध्ये भारतमा   जागिरे भएकाहरु  तोकिएको   समयमा  हाँजिर हुन जान नसकेको भन्दै चिन्ता प्रकट गरेका छन् ।

 त्यहाँका  हजारौ जनता  दैनिक   उपभोग्य   वस्तु   किनमेलमा समेत समस्या खेपेका छन् । निसीखोला   गाउँपालिका६ को   टोड्के  गाउँमा तलबाट  खस्दै   गरेको पहिरोले श्यामबहादु बिश्वकर्मा सहित आधा दर्जन घरहरु जोखिममा परेका   छन् । स्थानियहरु रातभर जागाराम बसेर हातमा कुटो कोदालो बाोकेर  भल तर्काउने   गरेका   छन् ।
   
 गुहिए  खोलाको  वाढिले वुर्तिबाङ्ग ईलाका प्रहरी कार्यालय र स्वास्थ्य केन्द्रको भवन समेतलाई  क्षति   पुग्ने  होकि भन्ने त्रास बढेकोछ ।
  खोला बढेर वुर्तिबाङ्ग वजार  नै डुवानमा पर्ने  होकि  भन्ने त्रासमा पनि त्यहाँका जनता  रहेका छन् । वुर्तिबाङ्गमा असार  १८  गतेदेखि  लगातार बर्षा भई रहँदा भुजिखोलामा रहेको बढिघाट खोलाको शिरबाट बाढिले  वोवाङ्ग  र अधिकारीचौरको सयौं रोपनी  खेती योग्य जमिन बगाएर स्थानियलाई  ठुलो क्षति  पुराएको छ ।
त्यस्तै, गुल्मीको  पश्चिम  सेउवा  सिमाहघाट  पुर्कोट तर्फका यातायात कम मात्रमा चलेको र , रातडाँडा , मुसिकट, ईन्दगौडा वामी र जोहाङ्ग तर्फको सडाकमा  पहिरो गएर यातायात ठप्प भएको जिल्ला प्रहरी  कार्यालय गुल्मीका प्रवक्ता डिएसपी महेन्द्र नेपालले जानकारी दिए । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads