Loading...
१४२ स्थानीय तहको नतिजा, कांग्रेसले पूरा गर्यो अर्धशतक

काठमाडौं, १८ असार – असार १४ गते भएको तीन प्रदेशका ३३४ स्थानीय तह निर्वाचनको नतिजा आउने क्रम जारी रहेको छ । शनिबार मध्यरातसम्म १४२ स्थानको नतिजा आएको छ । Major-party-Vote-Count

जसमा नेकपा एमालेले ६६ स्थानमा जित दर्ता गर्दै कांग्रेससँगको अग्रता फराकिलो पारेको छ । यद्यपी कांग्रेसले पनि अर्धशतक पूरा गरेको छ । पछिल्लो नतिजा अनुसार कांग्रेसले ५१ स्थानीय तह जितेको छ । 

यस्तै नेकपा माओवादी केन्द्रले २२ स्थानमा जीत हासिल गर्दा जनमोर्चाले २ र संघीय समाजवादी फोरमले १ स्थानमा जीत दर्ता गरेको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads