Loading...
९ खर्बको आयात हुँदा ६८ अर्ब निर्यात, रेमिट्यान्स ६ खर्ब ३३ अर्ब आयो


काठमाडौं–चालु आर्थिक बर्षको ११ महिना अवधीमा नेपालले करिव ९ खर्ब रुपैयाँको आयात गेको छ । यो अघिल्लो आवको सोही अवधीको तुलनामा ३०.९ प्रतिशत बढी हो । 
चालु आवमा ८ खर्ब ९६ अर्ब ५७ करोडको वस्तु तथा सेवा आयात भएको हो । यो अवधीमा भारतवाट हुने वस्तु तथा सेवा आयात ३९ प्रतिशतले बढेको छ भने चीनवाट हुने आयात १० प्रतिशत अन्य मुलुकवाट हुने आयात २३.४ प्रतिशतले बढेको छ । 

खासगरि, पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पाट्र्स, एमएस विलेट, हवाईजहाजका पार्टपुर्जा लगायतको आयात यो अवधीमा बढेको छ । रासायनिक मल, औषधी, कोल्डोल सिट इन क्वाईन ब्याटी« आदीको आयात भने घटेको राष्ट्र बैंकले जनाएको छ । 

नेपालवाट भने यो अवधीमा ६८ अर्ब ६२ करोडको वस्तु निर्यात भएको छ । भारततर्फको निर्यात १२ प्रतिशत, चीनतर्फको निर्यात ४.३ प्रतिशत र अन्य मुलुकसँगको निर्यात ८.७ प्रतिशतले बढेको भएपनि यो अवधीमा आयात र निर्यात बीचको सन्तुलन कायम हुन नसक्दा वैदेशिक ब्यापार घाटा बढेर ८ खर्ब २७ अर्ब ९५ करोड पुगेको छ । नेपालवाट जुस, चाउचाउ, जुटका सामान, हस्तकला, उनी गलैचा लगायतको निर्यात हुने गरेको छ । 

११ महिनामा वैदेशिक रोजगारीमा रहेका नेपालीले ६ खर्ब ३३ अर्ब ४२ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्राएका छन् । यो गत आवको भन्दा ५.८ प्रतिशत बढी हो । तर, गत आवको यो अवधीमा ८.६ प्रतिशतले वृद्धि भएको रेमिट्यान्स आय यो पटक भने वृद्धिदर घटेको छ । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads