Loading...
वर्षाका कारण केन्द्रीय प्रसारण प्रणालीमा समस्या आयोः प्राधिकरण


वर्षाका कारण नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रसारण प्रणालीमा केही समस्या पैदा भएको छ ।
मुलुकका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण विद्युत उत्पादन रोकिएको तथा समस्या उत्पन्न भएको भन्दै प्राधिकरणले विद्युत्भार कटौती नै गरियो कि भनेर आशंका नगर्नसमेत आग्रह गरेको छ ।
वर्षाका कारण माथिल्लो मादीको एउटा युनिटबाट विद्युत उत्पादन बन्द भएको छ । सो युनिट बन्दहुँदा २५ मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनबाट विच्छेद हुन पुगेको छ । सोमबारसम्म तल्लो मोदीबाट उत्पादन हुने विद्युत प्रसारण प्रणालीबाट विच्छेद हुन पुगेको थियो । मर्मतसम्भारपछि सो आयोजना सञ्चालनमा आएको थियो ।
जलविद्युत केन्द्रका उत्पादनमा केही सुधार भएतापनि अझै करिब ३५ मेगावाट विद्युत प्रणालीमा उपलब्ध हुन सकेको छैन । त्यसमा माथिल्लो मोदी र अन्य केही आयोजनासमेत रहेका छन् ।
एक साताअघिसम्म करिब ३०० मेगावाट विद्युत निजी क्षेत्रको उत्पादन प्रणालीमा जोडिएको भएपनि यही असार २६ गते आइतबारदेखि करिब २६५ मेगावाटमात्र उपलब्ध हुँदै आएको छ ।
यस्तै, कोहलपुर–महेन्द्रनगर दोस्रो सर्किट अयोजनाले नयाँ पहलमानपुर सबस्टेसनमा जोड्ने कार्यका लागि लम्की–अत्तरिया १३२ केभी प्रसारण लाइन बन्द गरिएको छ । सो प्रसारण लाइन बन्द भएपछि टनकपुरबाट आयात गरिएको विद्यत अपुग भएमा महेन्द्रनगर, अत्तरिया लगायतका केही क्षेत्रमा विद्युत कटौती हुनसक्ने भार प्रेषण केन्द्रले मंगलबार ९आज० जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads