Loading...
पोलिटेक्निकका विद्यार्थीले बनाए हावाबाट चल्ने अटो रिक्सा



मोरङ, १४ साउन– मोरङको बुढीगंगा गाउँपालिकामा रहेको मनमोहन स्मृति पोलिटेक्निकका विद्यार्थीले हावाबाट चल्ने अटो रिक्सा बनाएका छन् । मेकानिकल विभागका विद्यार्थीले एक वर्षको अबधिमा बनाएका उपकरणहरु सार्वजनिक गर्दै एक्सिलेटर भएको साइकल र हावाबाट चल्ने नमुना उपकरण देखाएका छन् ।

विद्यार्थीले तीन वर्षको अवधिमा सिभिल इन्जिनियरिङ, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स तथा मेकानिकलका आ–आफ्ना क्षेत्र अन्तरगत बनाएका उपकरण प्रदर्शन गरेका हुन् । 

जसमध्ये मेकानिकलका विद्यार्थीले बनाएको हावाबाट चल्ने क्षमता भएको अटो रिक्साले सबैलाई आकर्षण गरेको छ । विद्यार्थीले हावाबाट चल्ने अटो रिक्सामा बुढीगंगा गाउँपालिकाका अध्यक्ष बालचन्द माझीलाई घुमाए पनि । 
अहिलेसम्म पाइडलबाट ठेलेर कुदाउने, ब्याट्रीबाट चल्ने तथा ईन्धनबाट चल्ने रिसक्साहरु मात्र बजारमा उपलब्ध थिए । तर मनमोहन पोलिटेक्निकका विद्यार्थीले भने हावाबाट चल्ने रिक्सा बनाएका छन् । 

विद्यार्थीले अटोरिक्सा आफैले एक लाख रुपैयाँ खर्च गरेर उक्त रिक्सा बनाएका हुन् । ४ जना चढ्न मिल्ने रिक्सा बनाउन उनीहरुलाई एक वर्ष लागेको पोलिटेक्निकले जनाएको छ । विद्यार्थीहरुले सामान ओसार्ने मेसिन, एक्सिलेटरबाट कुदाउन मिल्ने साइकलन समेत बनाएका छन् ।

तीन डाईरेक्सनबाट सामान बोक्ने सवारी बनाएर नयाँ मेकानिक्समा नयाँ नयाँ उपलब्धी हासिले गरेको विद्यार्थीको दावी छ । 
यस्तै ईलेक्ट्रिकल अन्तर्गतका विद्यार्थीले बैकल्पिक उर्जा प्रबद्र्धनात्मक सबै उपकरण जडित भवन, फ्याक्ट्रीमा मेसिन चलिरहँदा तत्कालै (एक सेकेण्डमै) मेसिन रोकिने उपकरण पनि बनाएका छन् । उद्योगका मेसिनमा कहाँ समस्या आयो भनेर थाहा पाउने मेसिन समेत बनाएको पोलिटेक्निकका प्रिन्सिपल सुवास पोखरेलले जानकारी दिए । 

इलेक्ट्रोनिक्स डिपार्ट अन्तरगतका विद्यार्थीले जसुसी ड्रोन बिमान, सेक्युरिटी होम, रिमोट कन्ट्रेल बेश फायर मेसिन, कही आगलागी भयो भने आगो निभाउन उडेर जाने ड्रोन निर्माण गरेर प्रबिधिमा फड्को मारेका छन् । प्रदर्शनीमा विद्यार्थीले अनलाईनबाट घर भित्र हुन सक्ने जोखिम घटाउने उपायसहितको इलेक्टिीक उपकरण प्रदर्शन गरे ।

विद्यार्थीले बनाएका उपकरणले घरमा हुने ग्यास लिक, आगलागी हुन सक्नेखतराको संकेत पहिले नै मोबाइलमा जानकारी दिने खालका उपकरण जडान गरेका छन् । यस्ता उपकरण संचालन गर्नका लागि भने मोबाइल इन्टरनेट चलाउन मिल्ने खालको हुनुपर्ने विद्यार्थीले जनाएका छन् ।

१ सय ९२ जना विद्यार्थीले आफ्नो प्रोजेक्ट अन्तरगतका कार्यक्रम तयार पारेका थिए ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads