Loading...
माओवादी केन्द्रले मन्त्रीको नाम प्रधानमन्त्री देउवालाई बुझायो

काठमाडौं, ११ साउन । नेकपा माओवादी केन्द्रले शेरबहादुर देउवा सरकारमा मन्त्रीका लागि ६ जनाको नाम पठाएको छ । बालुवाटार स्रोतका अनुसार ६ मन्त्रीसहित केही राज्यमन्त्रीको नाम समेत माओवादीले सिफारिस गरेको छ ।
प्रधानमन्त्री देउवाले आज मन्त्रिपरिषद् विस्तार गर्नेभएपछि माओवादीले अन्तिम समयमा मन्त्रीहरुको नाम बालुवाटार पठाएको हो ।
माओवादीबाट को को बन्दैछन् मन्त्री ?
स्रोतका अनुसार माओवादीबाट महेन्द्रकुमार शाही उर्जामन्त्री बन्ने भएका छन् । शाही अख्तियारका तत्कालिन प्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेर चर्चामा आएका थिए । यस्तै, स्वास्थ्य मन्त्रीमा गिरिराजमणि पोखरेलको नाम तय भएको छ ।
माओवादीबाट मन्त्री बन्ने अन्य नेताहरुमा शिवकुमार मण्डल, आशा खनाल कोइराला, टेकबहादुर बस्नेत र सन्तकुमार चौधरी छन् । उनीहरुको मन्त्रालय भने अझै तय टुंगिएको छैन ।
राज्यमन्त्रीको नाम भने खुलाइएको छैन् ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads