Loading...
माओवादी केन्द्र’ नामको वामपन्थी, कामको दक्षिणपन्थी : एमाले अध्यक्ष केपी ओली

















काठमाडौं, १६ साउन । माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले भर्खरै सकिएको पार्टी सचिवालय विस्तारित बैठकमा प्रस्तुत राजनीतिक दस्तावेजको दोस्रो बुँदामा एमाले लक्षित टिप्पणी गरे — ‘एमालेभित्रको उच्च जातीय अन्धराष्ट्रवादी र परिवर्तन विरोधी दक्षिणपन्थी संशोधनवादी धारलाई मलजल गरेर प्रतिगनतिर लैजाने षडयनत्रमा सामन्ती शक्ति र वैदेशिक प्रतिक्रियावादी शक्तिहरु लागिरहेका छन् ।’
एमाले अध्यक्ष केपी ओलीले शनिवार कुरा गर्दै ‘माओवादी केन्द्र’ नामको वामपन्थी, कामको दक्षिणपन्थी नावाकाद पार्टी भनी कटाक्ष गरे । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
उनले माओवादीसहित एमालेका प्रतिस्पर्धी दलहरुलाई विदेशी ईसारामा चल्ने गरेको आरोप लगाउँदै आएका छन् । उनले एमालेलाई बाइपास गरेर कांग्रेसले किष्किन्धाका बाँदरहरुसहित मित्रता गरेर रामसंग लड्न खोजिरहेको आरोप लगाए, जसको सीधा लक्ष्य माओवादीतिर छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads