Loading...
एमालेतिर औंलो ठड्याउँदै छन् कमल थापा

काठमाडौं, ७ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीको शुक्रबार सम्पन्न केन्द्रीय कार्यसमितिको वैठकले संविधान संशोधनको पक्षमा कुनै निर्णय लिएन । पार्टीको केन्द्रीय कार्यसम्पादनले यसअघि नै संविधान संशोधनको पक्षमा उभिने निर्णय गरेको थियो । यद्यपि सम्पादन समितिको निर्णय केन्द्रीय कार्यसमितिले स्वीकार गरेन । अनुमोदन पनि गरेन ।
अध्यक्ष कमल थापाले संविधान संशोधनको मुद्दा निर्णयार्थ केन्द्रीय समितिमा पेश गरेका थिए । थापाले सार्वजनिक रुपमै संशोधन प्रस्तावको पक्षमा राप्रपा सकारात्मक छ भन्दै आएका पनि छन् । यद्यपि थापाको अडान र प्रस्तावना विपरीत केन्द्रीय समितिको वैठक संशोधनको विषयमा कुनै ठोस निष्कर्षमा पुगेन ।
संशोधनका सम्बन्धमा निर्णय गरियोस् भनेर वैठकमा प्रस्तुत राजनीतिक कार्यपत्रमा थापाले प्रस्ताव गरेका थिए । तर, केन्द्रीय समितिले अध्यक्षको चाहनालाई मूर्त रुप दिएन, अनुमोदन गरेन । बरु उल्टै छलफलका लागि भन्ने बहानामा केन्द्रीयकार्य सम्पादनमा फिर्ता पठाउने निर्णय गर्‍यो ।
थापाबाट राजनीतिक धोका
संविधान संशोधनको मुद्दामा सघाउने सर्तमा कमल थापा प्रचण्ड सरकारमा उपप्रधानमन्त्रीको रुपमा सामेल भएको सर्वविदितै छ । तर, १० जना सांसद अनुपस्थित हुने अवस्था खडा भएपछि प्रचण्ड सरकार संशोधनको प्रस्ताव टेबल गर्नबाट पछि हटेको थियो ।
यसै कारण थापाको राजनीतिक विश्वसनीयतामाथि सत्ता साझेदारहरूले प्रश्न गरेका थिए । यहि लाज ढाकछोप गर्न थापाले पहिले पूर्वराजालाई दोषलगाए, अहिले एमालेमाथि औंला ठड्याउदै छन् । अब उपरान्त के भन्ने हुन् निधो छैन ।
शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि पनि राजनैतिक इमान्दारिताको प्रश्न थापा सामु उठाइएको थियो । प्रधानमन्त्री देउवा समेतको उपस्थितिमा प्रचण्डले, ‘तपाईलाई साह्रै गाह्रो समयमा सरकारमा लगेँ तर हामीलाई तपाईबाट धोका भयो । अहिले पनि तपाईको ३७ सांसद एक ठाउँ छन् ?’ भनेर प्रश्न गरेको पार्टी स्रोत बताउँछ ।
संविधान संशोधनको विषयलाई लिएर एमालेसँगको वार्तामा त झन् एमाले अध्यक्ष केपी ओलीले थापालाई, तपाईका सांसद ‘इन्ट्याक्ट’ छन् ? भनेर १३ पटक प्रश्न गरेको पार्टी स्रोत बताउँछ ।
आँखालोभी, मन पापी भने झैं ३७ सांसद एक ठाउँ ल्याउनसके उपप्रधानमन्त्री पद प्राप्त गर्न सकिन्छकि ? भन्ने लोभ अध्यक्ष थापालाई अझै पनि छ । तथापि सांसदहरू थापाको लाइनमा नभएको विद्यमान अवस्थामा सत्तारुढ दलहरूले राप्रपालाई उपप्रधानमन्त्री नदिएर चार मन्त्रालय दिने बताएको छ ।
चुनाव मेरै कारण हारियो, थापाले अन्ततः स्वीकार गरे
अध्यक्ष थापाले, वैठकमा प्रस्तुत कार्यपत्रमा चुनाव हारेको नैतिक जिम्मेवारी लिएका थिएनन् । राष्ट्रिय अन्तर्राष्ट्रिय गिरोह र शक्ति केन्द्रमाथि दोष थोपरेर उम्कने कोशिष गरेका थिए ।
यस अवस्थामा युवा नेता सगुनसुन्दर लावतीले वैठकमा धारणा राख्ने क्रममा, ‘चुनाव हार्नमा मूल जिम्मेवार को भन्ने प्रश्न राजनीतिक कार्यपत्रमा अनुत्तरित रहेको’ बताएका थिए । जसकारण थापाले मूल रुपमा चुनाव आफ्नै कारण हारियो भनेर अन्ततः स्वीकार गर्न परेको, वैठकमा सहभागी एक नेताले बताए ।
यस्तै अवस्थाबीच अध्यक्षको राजनीतिक कार्यपत्र हुबहु नभएर संशोधन सहितपारित भएको थियो । सरकारका बारेमा भने आफूले रोजेको उपप्रधानमन्त्री पद पाएमात्र सरकारमा सामेल हुन थापा बहाना बाजी गर्दै छन् । आफूले उपप्रधानमन्त्री नपाए अरु किन सरकारमा जाने भन्ने मनसायले मन्त्रीका प्रत्यासी सामु तगारो बन्दै छन् ।
वैठकमा राप्रपा सत्तामुखी भएकै कारण चुनाव हारेको विश्लेषण धेरैले अघि सारेका थिए । तर, अध्यक्ष थापाले पुरानो बानी त्याग्ने छनक देखाएनन् ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads