Loading...
पुरस्कार जितेका फोटोहरु

काठमाडौं, ८ साउन – क्यानन केपिए वेडिङ फोटो अवार्ड २०१७ को उपाधी चितवनका सुमन सापकोटाले हात पारेका छन् । उनले बिबाहमा खिचेको तस्बिरले पहिलो बन्दै  क्यानन ६ डि क्यामेरा  जितेका छन् ।

काठमाडौं फोटोग्राफर संघको आयोजनामा सम्पन्न क्यानन केपिए वेडिङ फोटो अवार्डको दोस्रो पुरस्कार काठमाडौंका फोटोग्राफर ओमलाल अकेलाले खिचेको बिबाहको तस्बिरले पाएको थियो। उनले क्याननको तर्फबाट क्यानन ८० डि क्यामेरा पाएका थिए । 

यसैगरी तेस्रो पुरस्कार काठमाडौंकै मनोज रत्न शाहीले खिचेको फोटोले पाएको थियो भने उनले क्याननकै ७५० डि क्यामेरा पाएका थिए । उत्कृष्ठ १० मा पर्न सफल फोटोग्राफरहरुले स्न्यापरर्स फोटो गुड्सको तर्फबाट म्यानफ्रोटोको ट्राइपड र लोएप्रोको क्यामेरा ब्याग पाएका थिए । यसैगरी उत्कृष्ट २० मा पर्न सफल फोटोग्राफरहरुले डेलको ल्पापटप ब्याग, फोटोपेपर र प्रमाणपत्र पाएका थिए । 


अवार्ड बिजेताहरुलाइ प्रमुख अतिथीद्धय मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्यले शील्ड, पुरस्कार र प्रमाणपत्र बितरण गरेका थिए । 


पुरस्कृत भएका फोटोहरु सँगै उत्कृष्ट १०० तस्बिरहरु बबरमहलस्थित आर्ट काउन्सिलमा प्रदर्शनी हुने जानकारी दिदै संघका अध्यक्ष भबदेब थापाले साउन ९ देखि ११ गतेसम्म बबरमहलमा हुने फोटो प्रदर्शनीको अबलोकनका लागि आउन सर्बसाधारणलाई आग्रहर गरे । 


काठमाडौं फोटोग्राफर संघले आयोजना गरेको वेडिङ फोटोग्राफी प्रतियोगिता पाँचौ संस्करणमा पुगेका बताउँदै संघका सचिब भोजराज घिमीरेले आगामी दिनमा पनि यसको निरन्तरता रहने बिश्वास ब्यक्त गरे । 


अवार्ड बितरण कार्यक्रममा राष्ट्रियस्तरका कलाकारहरुले मनोरंजनात्मक प्रस्तुतीहरु पस्किएका थिए ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads