Loading...
दलित नेता कोविन्दले गणतन्त्र भारतको १४ औं राष्ट्रपतिको शपथग्रह


दिल्ली, १० साउन — प्रधानन्यायाधीश जे. एस्. खेहरले नव—निर्वाचित राष्ट्रपति दलित नेता रामनाथ कोविन्दलाई शपथग्रहण गराएका छन् ।

संसद् भवनको केन्द्रीय सभाकक्ष (सेन्ट्रल हल)मा आयोजित एक आकर्षक समारोहमा कोविन्दलाई गणतन्त्र भारतको १४ औं राष्ट्रपतिको घोषणा गरियो ।

टेलिभिजनबाट समारोहको प्रत्यक्ष प्रसारण भएको थियो । 

गत साता भएको निर्वाचनमा कोविन्दले प्रतिद्वन्दी एवं पूर्व सभामुख मीरा कुमारलाई उल्लेख्य बहुमतले पराजित गरी विजयी भएका थिए ।

प्रणब मुखर्जीको पाँच वर्षे कार्यकाल सकिएको हुनाले नयाँ राष्ट्रपति चुनिएको हो । 

उपराष्ट्रपति हमीद अन्सारीको कार्यकाल पनि केही सातामै सकिँदै छ । अब हुने निर्वाचनमा सत्तारुढ पार्टी बिजेपीले एम्. वेन्कैयानायडूलाई उम्मेदवार बनाएको छ ।

विपक्षी दल काँग्रेस समेतका १८ दलले गोपालकृष्ण  गान्धीलाई मनोनयन गरेका छन् । 

गान्धी महात्मा गान्धीका नाति हुन् ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads