Loading...
पार्टीभित्र समस्या छ भने मिलाउन सकिन्छ : कमल थापा


काठमाडौं, ४ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले व्यक्तिगत लाञ्छना लगाउनु भनेको आफैले आफैलाई कमजोर बनाउने कार्य गर्नु रहेको बताउनु भएको छ ।
काठमाडौंमा बुधबारदेखि सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले पार्टीभित्रका समस्यालाई आफूले समाधान गर्न चाहेको बताउनुभयो । ‘व्यक्तिगत लाञ्छनामा उत्रिनु भनेको आफैले आफैलाई कमजोर बनाउनु हो’, उहाँले भन्नुभयो, ‘हाम्रा विरुद्ध परस्पर एकता अनिर्वाय सर्त हो ।’
हिन्दू राष्ट्र र राजसंस्थाका विषयमा पार्टीको धारणामा कुनै परिवर्तन नभएको अध्यक्ष थापाले बताउनुभयो । उहाँले आफ्नो समबोधनकै क्रममा पूर्वराजा ज्ञानेन्द्र शाह बिरामी भएको भन्दै शीघ्र स्वास्थ्य लाभको कामनासहित प्रस्ताव नै पारित गराउनु भएको थियो ।
वरिष्ठ नेता पशुपति शम्शेरलाई बैठकमा आउन आग्रह गर्दै आफूले फोनमा सम्पर्क गरेको बताउनु भएका थापाले भन्नुभयो, ‘पशुपति शम्शेर राणाज्यूले स्वास्थ्यका कारण आउन सकिन । तपाईले बैठक चलाउनुस् भन्नु भएको छ ।’
तीन दिनसम्म चल्ने बैठकमा असन्तुष्ट पक्षका केन्द्रीय नेता र सांसदहरूको पनि उपस्थिति रहेको छ । बैठकमा लोकेन्द्रबहादुर चन्द पनि सहभागी रहेको बताइएको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads