Loading...
देउवा सधैं आलोचित : 'वाहवाही लिने बेला बिहे भोजमा प्रधानमन्त्री'

आफ्नो सचिवालय चुस्त दुरुस्त बनाउँदै  तथा आवश्यक सल्लाहकारहरु नियुक्त गरेर प्रथमिकताका आधारमा दैनिक कार्यसम्पादनलाई व्यवस्थित ढंगले अघि बढाउन नसकेको प्रधानमन्त्री शेरबहादुर देउवा दैनिक आलोचनाको पात्र बन्न थालेका छन् ।
साथै कांग्रेस शभापति समेत रहेका प्रधानमन्त्री देउवाले प्रभावकारी ढंगले पार्टी सञ्चालन गर्न नसकेको भनेर पार्टीभित्रै पनि आलोचित बन्दै गएका छन् । आजको नेपाल समाचरपत्रमा यो खबर छ ।
देउवा निकट कांग्रेसका एक नेताले भने, 'देउवाले चुनौतीपूर्ण अवस्थामा गरेको कामको वाहवाही पाउनुपर्ने बेलमा झन् आलोचित बन्दै जानुभएको छ । प्रधानमन्त्री अहिले बिहे, भोज, नातेदार चिनजानका साथीभाइ भेटघाटजस्ता सामान्य र व्यक्तिगत काममा व्यस्त देखिनुभएको छ ।'

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads