Loading...
पूर्वराजा ज्ञानेन्द्र शाह बिरामी, अस्पताल लगियो

काठमाडौं, ४ साउन । पूर्व राजा ज्ञानेन्द्र शाह बिरामी भएपछि चेकजाँचका लागि अस्पताल पु-याइएको छ ।
पूर्व राजा शाहलाई केही अप्ठ्यारो महशुस भएपछि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल लगिएको उहाँका सहयोग फडी पाठकले जानकारी दिनुभयो ।
‘स्वास्थ्य परीक्षणका लागि पूर्व राजा ज्ञानेन्द्र शाहलाई अस्पताल ल्याइएको हो’, सहयोगी पाठकले भन्नुभयो, ‘चेकजाँच चलिरहेको छ । डाक्टरहरूले के भन्छन् त्यही अनुसार गर्ने सल्लाह भएको छ ।’
पूर्व राजा शाहका साथ परिवारका अधिकांश सदस्य सँगै अस्पताल पुगेका छन् ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads