Loading...
नेपाली चलचित्रमा हलिउड गर्ल शिल्पा मास्के हिरोइन

Click to Load Image
काठमाडौं – ‘ह्याप्पी डेज’ र ‘ब्लाइन्ड रक्स’ दुई चलचित्र रिलिजको तयारीमा रहेका निर्देशक मिलनले अर्काे चलचित्र घोषणा गरेका छन् । चलचित्र हो ‘लिलिबिली’ ।
चाम्सले ‘लिलिबिली’ रोमकम जानरामा निर्माण गर्न लागेका हुन् । 
बेलायतको लन्डन र स्कटल्यान्डमा हुने यो चलचित्रमा हलिउड चलचित्र डक्टर स्ट्रेन्जमा खेलिसकेकी शिल्पा मास्के लिड हिरोइनमा लिइएको निर्देशक चाम्सले बताए । 
साढे २ करोड बजेट बताइएको चलचित्रमा लिलिबिलीमा शिल्पाको अलवा एक अभिनेता तथा एक अभिनेत्रीको अलवा केही कलाकारको समेत अभिनय रहनेछ । दुई लिड चरित्रका लागि नयाँ कलाकारको खोजी भइरहेको निर्देशक चाम्सले बताए ।
त्रिकोणात्मक प्रेमकथामा बनन लागेको यो चलचित्र चाम्स इन्टरटेनमेन्ट र अभिनेता समेत रहेका निर्माता बितरक गोविन्द शाहीको काफिया फिल्मस्बाट बन्न लागेको हो ।  

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads