Loading...
कुवेतमा मानसिक सन्तुलन गुमाएका एक नेपाली ३ दिनदेखि बेपत्ता


कुवेत, जुलाई १२- मानसिक सन्तुलन गुमाएका एक नेपाली ३ दिनदेखि बेपत्ता भएका छन् | मानपुर- १ दाङ घर भएका नेपाली कर्ण बहादुर नेपाली ३ दिनदेखि बेपत्ता भएका हुन् |
कुवेतमा केहि बर्षदेखि अवैधानिक भै काम गर्दै आएका कर्ण बहादुर हसबिया भन्ने स्थानबाट दिनको करिब ४ बजेपछी कोठाबाट निस्केका थिए |
केहि महिनादेखि मानसिक सन्तुलन ठिक नभएका कर्ण बहादुर कोठामा बसिरहेको अवस्थामा अचानक मलाई मार्न आउदैछन मलाई बचाऊ भन्दै चर्को आवाजमा कराउदै कोठाबाट जोडतोडले भागेका सहकर्मी सिताराम जोशीले बताए | हसबियाका बिभिन्न स्थानमा नेपालीहरुको समुह नै मिलि खोजी गरेपनि अहिले सम्म उनको बारेमा टुंगो लागेको छैन | उनि बेपत्ता भएको खबर परिवारले थाहा पाइसकेका छन् | उनको खोजि कार्य तिब्र बनाई नेपाल पठाउन सहयोग गर्न उनका परिवारले आग्रह गरेका छन् | बेपत्ता कर्ण बहादुर नेपालीको बारेमा नेपाली दुताबास कुवेतमा पनि जानकारी गराइसकेको सहकर्मीहरुले बताएका छन् |
कुवेतबासी नेपालीले कर्ण बहादुर नेपालीलाई कतै देख्नु भएमा ६०७१९३९९ मा सम्पर्क गरि खबर गरि सहयोग गरिदिनु हुन कर्ण बहादुरका सहकर्मी सिताराम जोशीले अनुरोध गरेका छन् | कर्ण बहादुर उनि ९ बर्ष देखि कुवेतमा छन् भने एक पटक मात्र छुट्टीमा घर पुगेर फर्केका हुन् ।  
स्रोत - हाम्रो सन्चार डटकम 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads