Loading...
नेपाल अफगानिस्तानसँग ९६ रनले पराजित, विश्वकपमा छनौट हुन असफल



काठमाडौं, १० साउन– आइसीसी १९ वर्ष मुनिको विश्वक छनौट प्रतियोगिता अन्तर्गत अफगानिस्तानसँगको अन्तिम खेलमा नेपाल ९६ रनले पराजित भएको छ । समूह चरणको अन्तिम खेलमा पराजय भोगेसँगै नेपाल १९ वर्ष मुनिको विश्वकपका लागि छनौट हुन सकेन । 

अफगानिस्तानले दिएको १९६ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ४०.६ ओभरमा मात्र ९९ रन बनाएर अलआउट भयो । 

अफगानिस्तानसँगको खेलमा नेपालका लागि नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्बाधिक ४८ रनको योगदान दिए । अन्य व्याट्सम्यानले खासै राम्रो प्रदर्शन गर्न सकेनन् । 

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको अफगानिस्तानले इब्राहिम जादरानको शतकको मदतमा ४६.५ ओभरमा सबै विकेट गुमाएर १९५ रन बनाएको थियो ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads