Loading...
उत्तर कोरियाले लामो दुरीको क्षेप्यास्त्र परिक्षण गरेको अमेरिका द्रारा पुष्टि


वासिङटन – उत्तर कोरियाले लामो दुरीको क्षेप्यास्त्र परिक्षण गरेको अमेरिकाले पुष्टि गरेको छ । विज्ञहरुले उक्त क्षेप्यास्त्र अलास्कासम्म पुग्न सक्ने अनुमान गरेका छन् ।

अमेरिकी सेक्रेटरी अफ स्टेट रेक्स टाइलर्सनले यसलाई अमेरिका र विश्वका लागि ‘खतराको नयाँ संकेत’ भएको बताउँदै वासिङटनले परमाणु हतियारयुक्त उत्तर कोरियालाई कहिल्यै स्वीकार नगर्ने चेनावनी दिए ।

प्योङयाङले मंगलबार अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र सफतापूर्वक परिक्षण गरेको दाबी गरेको छ ।

यसको प्रतिक्रिया स्वरुप दक्षिण कोरिया र अमेरिकाले समूद्रमा क्षेप्यास्त्र प्रहार गरेको थियो ।

दुई देशको संयुक्त सैन्य अभ्यास सटिक क्षेप्यास्त्र क्षमता प्रदर्शन गर्न गरिएको पेन्टागनले जनाएको छ ।

मंगलबार गरिएको परिक्षण हालसम्म गरिएका परिक्षणहरु मध्ये धेरै विकसित भएको बताइएपनि अन्य विज्ञहरु उत्तरसँग हालसम्म लामो दुरीको क्षेप्यास्त्र नरहेको विश्वास गर्छन् ।

अमेरिकाले बुधबार संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाएको छ । 

उत्तर कोरियाको सरकारी टेलिभिजनले ह्वासोङ–१४ नामक अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्रको सफल परिक्षण नेता किम जोङ उनले अवलोकन गरेको बताएको थियो ।

क्षेप्यास्त्रले २८०२ किलोमिटरको उचाईसम्म पुगेको र समूद्रमा खस्न अघि ३९ किलोमिटरमा ९३३ किलोमिटर यात्रा गरेको बताएको थियो ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads