Loading...
माओवादी हेडक्वाटरमा देखियो यस्तो दृश्य


काठमाडौं, ७ साउन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र गुट मौलाएको भन्दै नेताहरूको आलोचना गरिरहेका बेला उनी निकट एक नेताले प्रभावशाली नेता रामबहादुर थापा ‘बादल’को खिल्ली उडाएको भनेर बैठकमा हल्लीखल्ली मच्चिएको छ ।
झण्डै एकसातादेखि कोटेश्वरस्थित पार्टी मुख्यालयमा जारी रहेको शनिबारको सचिवालयको विस्तारित बैठकमा थापाले नेता वर्षमान पुनले खिल्ली उडाउने प्रयास गरिएको एक नेताले बताए ।
बैठकमा थापाले बोलिरहँदा छेउमै रहेका नेता पुनले खासै महत्व नदिएर बसेका हुन् । बैठकमा थापा बोलिरहँदा पुन भने मोबाइलमा व्यस्त थिए ।
प्रदेश र जिल्लाका इञ्चार्जले चुनावमा पराजय भोग्नुका पछाडि पार्टीका वरिष्ठ नेतालाई नै दोषी देखाएका कारण वरिष्ठ नेता थापाले जवाफ दिनु भएको थियो ।
बादलको भाषणलाई नेता मणि थापा, अध्यक्ष प्रचण्ड, उपप्रधानमन्त्री कृष्णबहादुर महरा, नेता गिरिराजमणि पोखरेल, टोपबहादुर रायमाझी र देव गुरुङले भने ध्यानपूर्वक सुनेको स्रोतको भनाइ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads