Loading...
चिडियाघरका बाघ सातामा एक दिन निराहर ‘व्रत’ मा



चिडियाघरमा रहेको बाघ सातामा एक दिन निराहार व्रत बस्छ भन्दा आश्चर्य लाग्न सक्छ । तर आश्चर्य नमान्नुस् ।
चिडियाघरमा रहेको दुईवटा पाटेबाघ कान्छा र बांगे सातामा एक दिन निराहार व्रत बस्छन् ।
बाघलाई आहाराका रुपमा हरेक दिन ११ देखि १२ बजेसम्म ६/६ केजीको दरले १२ केजी राँगाको ताजा मासु दिने गरिएको जीवकिपर बाबुकाजी महर्जन बताउँछन् । सातामा ६ दिन नियमित दिए पनि शनिबार दुवै बाघलाई निराहार राखिने गरेको छ । ३८ वर्षदेखि जीवकिपरको काम गर्दै आएका महर्जन भन्छन्, ‘उनीहरुको पाचन प्रणाली तथा स्वास्थ्यका लागि सातामा एक दिन निराहार राख्ने गरिएको राजधानी दैनिकमा खबर छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads