Loading...
उपराष्ट्रपतिद्वारा राजदूतलाई बिदाई

Click to Load Image
काठमाडौं– उप–राष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग नेपालका लागि नर्वेका राजदूत चेल टोरमोड पिटर्सेनले विदाई भेट गरेका छन् । शुक्रबार अपरान्ह उपराष्ट्रपतिको कार्यालय, बहादुरभवन कान्तिपथमा उप–राष्ट्रपतिसँग आफ्नो चार वर्षे कार्यकाल सम्पन्न गरी स्वदेश फर्कन लागेका नर्वेका राजदूत पिटर्सेनले विदाई भेट गरेका हुन् । 

भेटमा उपराष्ट्रपति पुनले नेपालको शान्तिप्रक्रिया र संविधान निर्माणमा नर्वेको ठूलो सहयोग रहेको भन्दै राजदूत पोटर्सेनको कार्यकालमा नेपाल–नर्वे सम्बन्ध थप सुदृढ भएकोमा धन्यवाद दिएका थिए ।
सो अवसरमा उपराष्ट्रपतिले स्थानीय तहको दुई चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको र स्थानीय तहको तेस्रो चरण, प्रदेश र संघको निर्वाचनपछि नेपालले पूर्ण राजनीतिक स्थायित्व हाँसिल गर्ने बताएको तथा सबै चरणको निर्वाचन सम्पन्न भएपछि नेपाल समृद्धिको मार्गमा द्रुत गतिमा अगाडि बढ्ने बताएका थिए ।

 राजदूत पोटर्सेनले आफ्नो चार वर्षे कार्यकाल अत्यन्त फलदायी भएको बताएका थिए । उनले नेपालले हाँसिल गरेको राजनीतिक स्थायित्वको प्रशंसा गर्दै नेपाल शान्ति प्रक्रियाका लागि विश्वकै नयाँ उदाहरण भएको उल्लेख गर्दे नेपालले नोवेल शान्ति पुरस्कार पाउनुपर्ने धारणा राखेका थिए । उनलाई उपराष्ट्रपतिले नेपाली ढाका टोपी लगाएर विदाई गरेका थिए ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads