Loading...
छोरा साउदीको जेलमा : ७० बर्षीय पिताको अझै पढ्ने चाहना


सत्तरी वर्षमा एसईई परीक्षा उत्तीर्ण दुर्गे कामीलाई उच्च शिक्षा अध्ययन गर्न समस्या भएपछि उहाँले सरकारसँग गुहार माग्नुभएको छ ।  स्याङ्जा जिल्लाको फेदिखोला–३ का उहाँले गत २०७३ मा एसईई परीक्षा दिनुभएको थियो ।  उहाँले सोही विद्यालयबाट कक्षा तीनदेखि नियमित कक्षा लिई अध्ययन गर्दै आउनुभएको थियो । 

कालभैरव उच्च माध्यमिक विद्यालय स्याङ्जामा अध्ययन गरी उहाँले सिद्धार्थ स्याङ्जा परीक्षा केन्द्रबाट उक्त परीक्षा दिनुभएको थियो ।  उहाँले १.२ जीपीए ल्याएर एसईई उत्तीर्ण गर्नुभयो ।  
Click to Load Image

शिक्षाबिनाको मानिस साँच्चै नै अन्धो हुने बताउने उहाँले आइतबार उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई भेटी उच्च शिक्षा अध्ययनका लागि वातावरण मिलाइदिन अनुरोध गर्नुभयो । आजकोगोरखापत्रमा खबर छ ।

उहाँले परराष्ट्रमन्त्रीसँग भन्नुभयो, “मलाई ११÷१२ कक्षा पढ्ने इच्छा छ, यसका लागि सहयोग गरिदिन आग्रह गर्दछु । ” उहाँले आफू सानो छँदा विद्यालय जान नपाएको गुनासो सुनाउनुभयो ।  

जवाफमा परराष्ट्रमन्त्री महराले उहाँको शिक्षाप्रतिको आकाङ्क्षालाई सम्बोधन गर्ने आश्वासन दिँदै अध्ययनका लागि आवश्यक पर्ने वातावरण मिलाउन पहल गर्ने बताउनुभयो ।  

महराले ट्विटरमा लेख्नुभएको छ, “स्याङ्जाका ७० वर्षीय दुर्गे कामीको इच्छाशक्ति सुन्दा खुशी लाग्यो, उहाँको उच्च शिक्षा अध्ययन गर्ने इच्छा पूरा होस्, शुभकामना !”
Click to Load Image

दुर्गे कामी चार छोरा र दुई छोरीका पिता तथा नौ जना नातिनातिनाका हजुरबुवा हुनुहुन्छ ।  उहाँकी श्रीमतीको भने १५ वर्षअघि निधन भइसकेको छ ।  उहाँका एक जना छोरा नरेन्द्र सुनार विक भने वैदेशिक रोजगारीको सिलसिलामा साउदीको जेलमा हुनुहुन्छ ।  

परराष्ट्रमन्त्रीसँगको भेटमा कामीले आफ्नो छोरो साउदीको जेलमा रहेको जानकारी गराउँदै नेपाल फिर्ता ल्याउने पहल गरिदिन पनि अनुरोध गर्नुभयो ।  उहाँले वैदेशिक रोजगारीको सिलसिलामा साउदी गएका छोरा तीन वर्षदेखि जेलमा रहेको बताउनुभयो ।  उहाँले के कारण आफ्नो छोरो जेलमा परेको थाहा नभएको बताउनुभयो ।  

परराष्ट्रमन्त्री महराले नरेद्रको वास्तविक अवस्थाका विषयमा जानकारी लिने र नेपाल ल्याउन पहल गर्ने जवाफ दिनुभएको परराष्ट्रमन्त्रीको निजी सचिवालयले जनाएको छ ।  

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads