Loading...
समाबेशीतामा चुकेको नेपालि कांग्रेस,माओवादी सरकार निर्माण क्रममा एक मात्रै दलित मन्त्री मीन बहादुर विश्वकर्मा


काठमाडौं, १२ साउन । आम पार्टीहरुले जतिसुकै समावेशीको वकालत गरे पनि कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वको सरकारले समावेशीता पाउन सकेन ।
बुधबार मन्त्रिपरिषद बिस्तार गर्दा नेपाली कांग्रेसले दलित समुदायका मीन बहादुर विश्वकर्मालाई बाणिज्य मन्त्री बनाएको छ । कांग्रेसले जीवन परियारलाई पनि मन्त्री बनाउने चर्चा थियो, तर अन्तिम समयमा आएर चर्चा अनुसारको ननिजा आएन ।
विश्वकर्मालाई मन्त्री बनाए पनि उनी माथि राजनितीक भएको देखिन्छ । देउवाका दाहिने हात मानिने विश्वकर्मालाई बुधबार बिहानसम्म सुचना तथा सञ्चार मन्त्रालय दिइने आश्वासन दिइएको थियो । तर, उनलाई अन्तिम समयमा बाणिज्य मन्त्रालयमा लगेर सिमित बनाइएको छ ।
नयाँ मन्त्रिमण्डल गठनको तयारी भइरहँदा माओवादी केन्द्रले सिता नेपालीलाई मन्त्री बनाउने भनेको थियो । तर, अन्तिम समयमा आएर माओवादीले  उनलाई आफ्नो सुचीबाट हटायो । समावेशीको कुरा गर्ने माओवादीले समेत दलितलाई मन्त्री बनाउन सकेन । तसर्थ समाबेशीतामा माओवादी केन्द्र पनि चुकेको देखियो ।
देउवा सरकारमा मधेशी समुदायका १० मन्त्री र जनजाति समुदायबाट २ मन्त्री बनेका छन् । साथै दुई जना महिला पनि रहेका छन्, जसमा १ जना मधेशी महिला रहेकी छिन् ।
यो मन्त्रिपरिषदमा नेपाली कांग्रेसकी अम्बिका बस्नेतलाई सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ, भने माओवादीकी आशा खनाललाई महिला तथा बालबालिका मन्त्रालयनको जिम्मा दिइएको छ ।
यि समुदायमा नेताहरुलाई मन्त्रीपरिषद्मा समाबेश गराए पनि प्रभावशालि र उच्च कोटीको जिम्मेवारी दिन देउवा सरकार चुकेको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads