Loading...
विधेयकबारे बालुवाटारमा तीन दलबीच के भयो छलफल ?

Click to Load Image
काठमाडौं–अघिल्लो सरकारले व्यवस्थापिका–संसदमा पेश गरेको संविधान संशोधन विधेयकबारे प्रमूख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुबीच छलफल भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा आब्हान गर्नुभएको बैठकमा संशोधन विधेयकबारे छलफल भएको हो ।
छलफलमा सत्तारुढ दलका नेताहरुले संसदमा दर्ता संशोधन विधेयकलाई प्रक्रियामा लगेर टुङ्गाएर चुनावमा जानुपर्ने आवश्यकतामा जोड दिँदै त्यसमा सघाउन प्रमूख प्रतिपक्षी दलका नेताहरुलाई आग्रह गरेका थिए ।
जवाफमा प्रमूख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरुले यथास्थितिमा संविधान संशोधन आवश्यक नरहेको धारणा राखेका थिए ।
बैठकमा संविधान संशोधन विधेयक, निर्वाचन क्षेत्र निर्धारण आयोग र तेस्रो चरणको स्थानीय तहको निर्वाचनबारे छलफल भएको माओवादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’ले जानकारी दिए । 
 तेस्रो चरणको स्थानीय तहको चुनावको सुनिश्चताका लागि संविधान संसोधन प्रस्ताव अगाढि बढाउन अन्तिम गृहकार्य भैरहदा सत्तारुढ दल काँग्रेस र माअ‍ोवादीले एमालेसँग वार्ता गरेका हुन् । 
असार मसान्तभित्र संसोधन प्रस्तावलाई संसदमा पेश गर्ने सरकारको तयारी छ । यसैका लागि एमालेको समर्थन खोज्न सत्तारुढ काँग्रेस–माअ‍ोवादीले प्रमुख प्रतिपक्ष दल एमालेसँग वार्ता गरेको हो । 
संसोधन प्रस्ताव टुंगाउन भन्दै  मन्त्रीपरिषद् विस्तार पनि रोकिएको छ । तत्काल मन्त्रीपरिषद् विस्तार गर्दा संसोधन प्रस्ताव प्रभावित हुने सत्तारुढ दलको बुझाई छ । अव प्रधानमन्त्रीले संसोधन प्रस्तावको टुंगो लागेपछि मन्त्रीपरिषद विस्तार गर्नेछन् । 
हिजो मात्रै मात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन विद्येयक प्रक्रियामा अगाडि बढ्ने बताएका थिए । प्रचण्डकै नेतृत्वको सरकारले आफ्नो नेतृत्वको सरकारले संसदमा प्रस्तुत गरेको थियो । 
सकेसम्म २९ गते संविधान संसोधन प्रस्ताव संसदमा पेश गर्ने सरकारी तयारी छ । संसोधन प्रस्तावमा राजपालाई आश्वस्त पार्ने सत्तारुढ दलको सूत्र पनि तयार भएको छ । विपक्षी एमालले भने संसोधनको विपक्षीमा आफुलाई उभाएको छ । एमाले र राजपाका नेतावीच पनि संसोधनको विषयमा कुराकानी भएको छ । 

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेस नेताहरु रामचन्द्र पौडेल, बिमलेन्द्र निधि, एमाले नेताहरु माधवकुमार नेपाल, भीम रावल, सुवास नेम्वाङ, माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ सहभागी थिए । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads