Loading...
पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

चितवन, ३ साउन । नारायणगढ–मुग्लिन सडकखण्डको जलवीरेमा आज बिहान खसेको पहिरो पन्छाएपछि सवारी आवागमन सञ्चालनमा आएको छ ।
जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार बिहान ४ः३० बजे खसेको पहिरो पन्छाएर ६ः३० बजेदेखि सवारी आवागमन सञ्चालन गरिएको हो ।
रातको समयमा सो सडक बन्द गरिँदै आएको छ । बिहान ४ बजेदेखि सडक खुल्ने भएपनि ४ः३० बजे पहिरो खसेर सडक अवरुद्ध भएपछि यातायातका साधन रोकिएका थिए ।
पहिरो खसेको ठाउँ मुग्लिनबाट सात किमी नारायणगढतर्फ पर्छ । सडक विस्तारका क्रममा भित्तो काटिएको ठाउँमा पहिरो खस्ने क्रम बढेपछि सो सडक राति बन्द गरिँदै आएको छ । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads