Loading...
बस दुर्घटना हुँदा २ जनाको मृत्यु, २८ जना घाइते


सल्यानमा बस दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ । २८ जना घाइते भएका छन् । दाङबाट रुकुमका लागि छुटेको ना ४ ख ५७५४ नम्बरको बस सल्यानको त्रिवेणी गाउँपालिका–५ सल्लेखोला नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ । ज्यान गुमाएकादुवैको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।
घाइतेको जिल्ला अस्पताल खलंगा र विभिन्न मेडिकलमा उपचार भइरहेको छ । केहीलाई उपचारको लागि दाङ र नेपालगञ्ज रेफर गरिएको छ । बस सडकबाट झण्डै ५० मिटर तल झरेको प्रहरीले जनाएको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads