Loading...
मन्त्रिमण्डल विस्तार गर्न छाडेर राजपाको माग सम्बोधन गर्ने तयारीमा प्रधानमन्त्री

Click to Load Image
स्थानीय तहको दोस्रो चरणको निर्वाचन सम्पन्न भएलगत्तै सरकार संविधान संशोधा निवेयक पारित गराउनका लागि बहुमत जुटाउने गृहकार्यमा लागेको छ ।
पारित गराउनन दुई तिहाइ बहुमत नरहेकाले सरकारले राप्रपा नेपालसहितका साना दलरुहलाई समेटी विधेयक पारित गराउनका लागि बुहमत जुटाउने गृहकार्यमा लागेको हो ।
प्रधानमन्त्री देउवा मन्त्रिपरिषद विस्तार गर्न छाडेर नै राजपाको माग सम्बोधन गर्न संशोधन विधेयक पारित गराउने गृहकार्यमा लागेका छन् । आजको नेपाल समाचारपत्रमा यो खबर छ ।
उनले सत्तारुढ दल माओवादी केन्द्रलगायतका दलसँग दैनिक रुपमा छलफल गर्नुका साथै राप्रपालाई पनि संशोधनको पक्षमा ल्याउने गृहकार्य गरिरहेका छन् ।
प्रमुख प्रतिपक्षी दल एमालेले कुनै पनि हालतमा विधेयक पारित गर्न नदिने अडान लिँदै आएको छ । पारित गर्न नदिनका लागि एमालेसहितको ९ दलिय गठबन्धन बनाएर नै उसले विरोध गर्दै आएको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads