Loading...
कुवेतमा अचेत अवस्थामा उपचार गराइरहेकी उर्मिला विश्वकर्मा अथक प्रयास पश्चात हिजो नेपाल फर्किन

19244331_1463830240321796_1178224201_n कुवेत, जुलाई ४- कुवेतमा दुवै मृगौला फेल भै अचेत अवस्थामा उपचार गराईरहेकी चितवनकी उर्मिला विश्वकर्मा अथक प्रयास पश्चात हिजो नेपाल फर्केकी छन । उर्मिला ओमन एयरलाइन्स हुदै हिजो बेलुका ९ बजे नेपाल फर्केकी हुन् ।

बिगत ३ महिना देखि आदान अस्पतालमा उपचार गराउदै आएकी उर्मिलालाई अथक प्रयास पश्चात नेपाल फर्काउन सकिएको नमुना विश्वकर्मा समाज कुवेतका अध्यक्ष कुल बहादुर विश्वकर्माले इरुप्से डटकमलाई जानकारी दिए ।

कम्मर भन्दा तलको भाग नचल्ने र बोल्न सम्म नसक्ने उर्मिलालाई नेपाल पठाउन चितवन सेवा समाज कुवेत र नमुना विश्वकर्मा समाज कुवेतले “उर्मिला बचाऊ अभियान’’ संचालन गरेका थिए । २० दिने “उर्मिला बचाऊ अभियान’’मा दुई संस्थाबाट १२४६ दिनार ५०० फिल्स अर्थात् चार लाख २१ हजार भन्दा बढी नेपाली रुपिया जम्मा भएको नमुना विश्वकर्मा समाजले जनाएको छ ।
19758028_1463830236988463_613634377_n उर्मिलाको साथमा चितवन सेवा समाज कुवेतका अध्यक्ष नबिन लोप्चन पनि नेपाल जानू भएको विश्वकर्माले जानकारी दिए । उर्मिलाको उद्दारमा कानुनी प्रक्रिया पुरा गर्न नेपाली दुताबास कुवेतले गरेको सहयोग अतुलनीय रहेको भन्दै पिडामा परेकी नेपाली चेलीलाई उद्दार गर्न पाउदा नमुना विश्वकर्मा समाज कुवेत अत्यन्तै खुसि रहेको अध्यक्ष कुल बहादुर विश्वकर्माले बताए ।

साथै नेपाली दुताबास कुवेत, आर्थिक सहयोग गर्ने नेपाली दाजुभाई तथा दिदिबहिनी, कुवेत स्थित बिभिन्न संघसंस्था, समाजसेवीलाई अध्यक्ष कुल बहादुर विश्वकर्माले धन्यवाद  दिदै आउदो दिनमा पनि सहकार्यको अपेक्षा गरे । उर्मिला विश्वकर्मा अहिले सकुशल नेपाल पुगेको जानकारी दिए ।

चितवन जिल्ला मंगलपुर १ घर भएकी उर्मिला घरेलु कामदारको रुपमा बिगत २ बर्ष पहिले कुवेत आएकी उर्मिला घरेलु कामदारको रुपमा कुवेत आएपनि केहि महिना देखि स्पोन्सरबाट भिसा ट्रान्सफर गरि बाहिर अर्कै कम्पनीमा भिसा लगाई काम गर्दै थिइन् ।



0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads