Loading...
प्रचण्ड फर्किएपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने



प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार (१ साउनमा) मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् ।
शनिबारसम्म मन्त्रीको टुंगो लगाउने र आइतबार विस्तार गर्ने सहमति सत्तासाझेदार कांग्रेस र माओवादी केन्द्रबीच भएको छ । ‘माओवादी अध्यक्ष शुक्रबार नेपाल फर्केपछि शनिबार दुई दलबीच मन्त्रालय बाँडफाँड टुंग्याएर आइतबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा प्रधानमन्त्री हुनुहुन्छ,’ प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले भने ।
पत्नी सीताको उपचारका लागि प्रचण्ड बुधबार थाइल्यान्ड गएका छन् । उनी फर्केपछि माओवादीले मन्त्रीहरूको टुंगो लगाउने आजको नयाँ पत्रिकामा खबर छ । प्रधानमन्त्री देउवाले २४ जेठमा पद तथा गोपनीयताको शपथ लिएपछि कांग्रेस र माओवादीबाट ३–३ र लोकतान्त्रिक फोरमबाट एक गरी सातजनालाई मन्त्री बनाएका थिए ।
दोस्रो चरणको मन्त्रिपरिषद् विस्तार संविधान संशोधनपछि गर्ने उनको तयारी थियो । तर, प्रमुख प्रतिपक्षी एमाले र राप्रपा सहमत नहुँदा संशोधनका लागि दुईतिहाइ नपुग्ने भएपछि देउवा मन्त्रिपरिषद् विस्तारको तयारीमा लागेका हुन् ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads