Loading...
समाजले नै विभेद बिरुद्ध घटनालाई निरुत्साहित गर्न सक्नुपर्छ !










पुर्ण बहादुर वि.क (पहाडी )
दलित शब्द र अन्तरजातीय बिबाहको अहिले समाजमा निकै चर्चा परिचर्चा भएको छ । समाजमा न्याय पाउन चर्चामा आउनु पर्छ भन्दा फरक नपर्ला,गाउँको कुना काप्चामा हुने विभिन्न विभेद र अन्यायको विरुद्ध आवाज अहिले मिडियाले अलि चासोको साथ उठाउदै आएको छ ।

 पछिल्लोपटकको विभिन्न घटनाहरुलाई हेर्ने हो भने घटनालाई कानुनी दायरामा ल्याउन मिडियामा नै आउनु परेको छ । गाउँको सार्वजनिक इनारमा पानी भर्न गएकी शोभालाई स्थानीय अरिमान तामाङ र लीलामाया तामाङले कुटपिट गरेका होस् वा अन्य यहाँनेर उल्लेख गरिएको घटना धनगढीमाई नगरपालिकास्थित बजारमा रहेको चियापसलभित्र बसेर रामचन्द्र मरिक डुमले चिया खान नपाएको घटनाले पनि त्यतिखेर खुब चर्चा पायो । पानी छोएकै निहुँमा सिराहाको विष्णुपुरकट्टी– ४ मा गत ०७३ असारमा स्थानीय ५९ वर्षीय तीर्थलाल विकलाई स्थानीय कमल ढुंगाना र उनका छोरा प्रवीण ढुंगानाबाट कुटियो ।
सिरहाको धनगढी गाविस– ३ की ५५ वर्षीया प्रमिला मल्लिकलाई ०७२ साउन २० गते आरोपीतले दलित भएर इनारको पानी छोएको भन्दै कुटपिट गरेका थिए ।
भोजपुरको अरुण गाउँपालिका ५ याकुकी ११ वर्षिया बालिका गर्भवती भएपछि गाउँलेले गाउँनिकाला गरेका छन् । छिमेकी २० वर्षिय दुर्गाबहादुर श्रेष्ठले ललाई फकाई शारीरिक सम्पर्क राखेपछि बालिका गर्भवती भएकी थिइन । साधनाको बुवा नेवार र आमा दलित समुदायको भएको भन्दै केटा पक्षले दलितको छेरी नभित्राउने भन्दै धम्की दिएपछि गाउँनिकाला गरिएको हो । गाउँनिकाला पछि धरान झरेकी बालिकाको भने बिचल्ली भएको छ ।

बालिकालाई ७३ साल पौष ९ गते दुर्गाबहादुर श्रेष्ठले शारीरिक सम्बन्ध राखेका थिए । बालिकाको पेटमा ६ महिनाको गर्भ रहेको छ । बालिकाको बुवा खगेन्द्र श्रेष्ठले भने, ‘छ महिनाको भर्गवती छोरीलाई डर र धम्कीको कारण गाउँनिकाला गर्नुपर्‍यो । छ महिनाको गर्भ हुँदा सम्म समाजमा नै लुकाएर राख्ने यो समाजको चेतना कहिले खुल्ला जहाँ मिडिया पुग्छ त्यहाँको घटना मात्रै सार्वजनिक हुने र कानुनी दायरामा आउने गरेका छन् । यि माथी उल्लेख गरिएको घटना पनि जबर्जस्ती बाहिर आएका हुन, एउटै समाजमा बस्ने मानव, मानव बिचको भिन्नता र जातीय बिभेदको कारण २१ औं शताब्दीको बैज्ञानिक युगमा पनि मानव पशु सरहको जिबन जिउन बाध्य भएको नेपाली समाज मानव सम्मान र बिकासको धोका कहिले खोल्ने भन्ने अझै अध्यारोमा छ ।

राज्य सञ्चालन गर्नको लागी राजा जयस्थिति मल्लले सन् १३६० देखि १३९५ सम्म पटकपटक राजगद्दीमा सवार हुने बेलामा उनलाई लगाउने कपडा,जुत्ता लगायत विभिन्न सामग्रीको आवश्यक पर्यो । त्यो कसले बनाउन सक्छ भने बहस सुरु भयो । शिल्पीकारहरु हामीले बनाउन सक्छौं भनेको र पछि राजा खुसी भई हुकुम भयो- गरेर ल्याऊ भन्ने आदेश भयो ।

 शिल्पिकारहरु खुसी भएर केही दिनको मेहनत लगाएर शिल्पीकारहरुले जुत्ता,खुकुरी,कपडा लगायत विभिन्न समाग्री निर्माण गरि राजा कहाँ पुर्याय तर राजाले कामको आधारमा जाति निर्माण गर्दै गएको पाइन्छ तर आफुले बनाएको सामग्रीले नै जातीयको विभेद होला भन्ने कुरा शिल्पीकार लाई थाहा भएको भए किन बनाउने थिए । पछि राजाहरूले छालाको काम गर्नेलाई सार्की, सुन बनाउनेलाई सुनार, फलाम बनाउनेलाई लोहार । नाचगान गर्नेलाई गाइने वादीको जाति बनाइयो । यसैको विकसित रूप नै पछि गएर टाठाबाठाले जातमा विभाजन गरे । त्यो नै कालान्तरमा गएर जातमा परिणत भयो, ती जातलाई तल्लो स्तरको भने चलन बसेको इतिहासमा उल्लेख छ । आजका दलितले पनि त्यही दुर्गति भोग्दै आएका छन् । मानवमा यो कतिको कुठाराघात हो भन्ने पनि यसैबाट प्रस्ट भएको पाइन्छ ।

त्यसैको आधारमा जातीय छुवाछूत र अन्तरजातीय बिबाह अहिले पनि समाज बिभेदको रुपमा रहेको छ ।
छुवाछूत र विभेद अन्त्यको लागि समय समयमा कानुन निर्माण नभएको भने होइनन्, राष्ट्रिय नागरिक अदालतले सन् १८५४ मा मुलुकी ऐन निर्माण गरी नेपालबाट जातीय छुवाछूत अन्त्य भएको घोषण गर्यो, तर कार्यान्वयन भने हुन सकेन ।

विभिन्न दलित आन्दोलनको उपलब्धिमा बनेको छुवाछुत तथा भेदभाव अन्त्यका लागि बनेको जातीय भेद्भाव तथा छुवाछुत कसुर सजाय ऐन २०६८ ले कसैलाई जातपातको आधारमा भेद्भाव वा छुवाछुत गरेमा तीन महिनादेखि तीन वर्षसम्म कैद वा रु एक हजारदेखि रु २५ हजारसम्म जरिवाना तथा रु २५ हजारदेखि रु एक लाखसम्म क्षतिपूर्ति भर्नुपर्ने कानूनी व्यवस्था छ तर कार्यान्वयन भने शुन्यता नै भन्नू पर्छ । अहिले पनि छुवाछूत र अन्तरजातीय बिबाहको घटनालाई कानुनी दायरामा ल्याउन मिडियामा आउनु पर्छ, माथी उल्लेख गरिएको घटनाहरु मिडियामा नै आउनु पर्यो,जब सम्म समाज नै यस्ता घटनालाई निरुत्साहित गर्न अगाडि आउदैन तबसम्म समाजमा रहेको जातीय बिभेदलाई अन्त्य गर्न, मिडिया र कानुनको सहारा लिनु पर्ने बाध्यता हुनेछ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads