Loading...
८ हजार चोरेको भन्दै एक महिलालाई महिलालाई कालोमोसो र जुत्ताको माला लगाईए



चोरेको आरोपमा बर्दियामा एक महिलालाई कालोमोसो र जुत्ताको माला लगाईएको छ ।
बारबर्दिया नगरपालिका ९ खैरेनीकी २५ वर्षीया गीता शाहीलाई स्थानीयको उपस्थितिमा कालोमोसो र जुत्ताको माला लगाइएको हो । ८ हजार चोरेको भन्दै सोही ठाउँकी दुई महिलाको नेतृत्वमा कालोमोसो लगाइएको हो । कालोमोसो लगाएको भन्दै अनुसन्धानका लागि सकुनी चौधरीलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय, बाँसगढीका प्रहरी निरीक्षक चक्र डम्बर पालले जानकारी दिए ।
सकुनीको ८ हजार रुपैयाँ चोरी भएको प्रहरीको भनाइ छ । स्थानीयले सकुनीले कालोमोसो नलगाएको दाबी गरेका छन् । कालोमोसो लगाउने योजनाकार र नेतृत्व गर्ने दुई महिलालाई प्रहरीले पक्राउ नगरेको भन्दै आक्रोश पोखेका छन् ।
सोमबार राति करिब सात बजे कालोमोसो लगाउँदा गाउँका ५०/६० जनाको उपस्थिति थियो । प्रहरीले कालोमोसो लगाउनेमाथि सार्वजनिक मुद्दा दर्ता गरी कारबाही गर्ने जनाएको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads