Loading...
चूडामणिलाई अदालतले भन्यो– अदालतमा उपस्थित गराऊ

Click to Load Image

काठमाडौं-भ्रष्टाचार अभियोगमा  अख्तियारको हिरासतमा रहेका आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मालाई शुक्रवार अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश जारी गरेको छ । 

बुधबार न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलाशले अख्तियारलाई यस्तो आदेश दिएको हो । 

 अख्तियारले ३ अर्ब धरौटी माग गरेको शर्मालाई थुनामुक्त गर्न माग गर्दै उनकी  श्रीमती कल्पना उप्रेती शर्माले विशेष अदालत र अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतलाई विपक्षी बनाई हिजो रिट दायर गरेकी थिइन् । रिट निवदेनमा शर्मालाई गैरकानुनी रुपमा थुनामा राखेको हुँदा थुनामुक्त गर्न माग गरिएको थियो । 
    रिट निवेदनमा राजश्व विभागका महानिर्देशकको कर दायरा घटाउने वा बढाउने विशेष अधिकार हुने र सोही अनुसार शर्माले काम गरेको हुँदा थुनामा राख्ने कार्य गैरकानुनी भएको उल्लेख छ ।
    राजश्व निर्धारणमा अनियमितता गरेको आरोपमा आन्तरिक राजश्व विभागका महानिर्देशक  शर्मालाई गत जेठ १९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरी विशेष अदातलमा मुद्दा दायर गरेको थियो । 
    विशेष अदालतले पुर्पक्षका लागि उनलाई थुनामा राख्ने आदेश दिएको थियो । सो आदेशअनुसार शर्मालाई अहिले पनि थुनामा राखिदै आएको थियो । 
    शर्माविरुद्ध एनसेलको स्वामित्व बिक्री हुँदा पुँजीगत लाभकर नउठाई एनसेललाई उन्मुक्ति दिएको, कर फछ्र्यौट आयोगको सदस्य सचिवसमेत रहेका शर्माले रु २१ अर्ब बराबरको रकम कर मिनाहा गर्न भूमिका खेलेको लगायतका आरोप छ । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads