Loading...
स्थानीय तहले आफ्नो पहिलो बजेट आज सार्वजनिक गर्दै




स्थानीय तहले आफ्नो पहिलो बजेट आज सार्वजनिक गर्दै छन् । व्यवस्थापिका संसद्मा अर्थ मन्त्रालयले पेश गरे जस्तै प्रमुख वा तोकिएका व्यक्तिले बजेट प्रस्तुत गर्नेछन् । वर्षभरी हुने चालू खर्च, पुँजीगत खर्च, वित्तीय व्यवस्थापन, स्थानीय राजश्व तथा सरकारले दिने आम्दानीका स्रोतसहितको बजेट हुने छ ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको निर्देशअनुसार असार २५ गते पहिलो बजेट स्थानीय व्यवस्थापिकामा पेश गर्नुपर्ने भएको हो । केही स्थानीय तहबाहेक अधिकांशमा आज बजेट पेश हुँदै छ । गाउँरनगर सभामा पेश भएको बजेट असार मसान्तसम्म पास गरिसक्नुपर्ने छ ।
कानुन नभई निर्देशिकामार्फत् २५ गते बजेट ल्याउनु भनेकाले प्राविधिक कठिनाइका कारण केही स्थानीय तहले एक/दुई दिनपछि पनि बजेट सार्वजनिक गर्न सक्ने संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ । पारित गरेपछि मात्रै नयाँ आर्थिक वर्षमा स्थानीय तहले बजेट खर्च गर्न पाउने छन् ।
स्थानीय व्यवस्थापिकामा हाल निर्वाचित भएर आएका मेयर/अध्यक्ष र उपमेयररउपाध्यक्ष, वडाध्यक्ष र प्रत्येक वडाबाट निर्वाचित चार सदस्य र दलित वा अल्पसंख्यक समुदायबाट निर्वाचित गाउँपालिकाका सदस्यहरु रहनेछन् । सभामा प्रत्येक वडाबाट कम्तिमा दुई जना महिलाको प्रतिनिधित्व हुने छ । उक्त सभामा पेश भएको बजेट पास भएपछि खर्च गर्न बाटो स्थानीय तहलाई खुला हुनेछ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads