Loading...
रेष्टुरेन्टमा यौनधन्दा र ग्राहकलाई आक्रमण, मालिकहरू पक्राउ पर्दै छुट्दै

आलिशान गजल रेष्टुरेन्टका मालिकहरू
काठमाडौं, १० साउन । काठमाडौंको हात्तीसारस्थित ‘आलिशान गजल रेष्टुरेण्ट’ले राज्यलाई कर छली त गरेकै छनै । मनोरञ्जनका लागि आउने ग्राहकहरूलाई दुरव्यहार गर्ने गरेको घटना सार्वजनिक भएको छ । दुरव्यवहार गरेकै कारण सो रेष्टुरेन्टका मालिकहरू धमाधम पक्राउ पर्न थालेका छन् ।
रेष्टुरेन्ट नजिकै रहेका प्रहरीहरू पनि मुकदर्शक बनेर बस्ने गरेको आरोप छ । केही समयअघि पनि उक्त रेष्टुरेण्टमा भएको झगडामा परी एक युवतीसहित ३ जना घाइते भएका थिए । तर, सोही बिल्डिङको बाहिर रहेका प्रहरी मुकदर्शक बनेर फर्केको पीडितहरूको भनाइ छ ।
आलिशान रेष्टुरेण्टभित्र हुने गरेको अपराधलाई नियन्त्रण गर्नेतिर प्रहरीले ध्यान नदिएको आरोप छ ।
एक युवतीसहित तीन जना ग्राहक घाइते भएको घटनामा महानगरीय प्रहरी वृत्त दरबारमार्गका इन्स्पेक्टर लक्ष्मणसिंह ठकुरीलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी बमबहादुर भण्डारीको निर्देशनमा काठमाडौं प्रहरी परिसरले कारबाहीको लागि स्पष्टीकरण समेत सोधेको उच्च स्रोतले जानकारी दियो ।
आलिशानका मालिकहरूले बाउन्सर र टोले गुण्डाको समूह प्रयोग गरेर ग्रहकहरूलाई तर्साउने तथा धम्काउने गरेको आरोप छ । मनोरञ्जनका लागि आलिशान रेष्टुरेन्टमा आउने ग्राहकहरूलाई बाउन्सरहरूले दिनदिनै अभद्र व्यवहार गर्ने गरेका घटनाहरू सार्वजनिक भइरहेका छन् ।
आइतबार राति आलिशान रेष्टुरेन्टमा मनोरञ्जनका लागि पुगेका केही ग्राहकलाई आक्रमणको प्रयास गरेपछि काभ्रेली गुण्डा समूहका सदस्य तथा रेष्टुरेन्टका लगानीकर्ता विशाल तामाङलाई प्रहरीले पक्राउ गरेर रातभर थुनामा राखेर छाडेको छ ।
आलिशान रेष्टुरेन्टका अर्का लगानीकर्ता कमल लिम्बु प्रहरीको हिट लिष्टमा छन् । कमल लिम्बु प्रहरीको सूचीमा टोले गुण्डाको सूचीमा परेका व्यक्ति हुन् ।
पटक–पटक प्रहरीको हिरासतमा पुगेका कमल लिम्बुले रेस्टुरेन्ट मालिकको आवरणमा अवैध धन्दा सञ्चालन गर्दै आएको स्रोतको दाबी छ ।
आलिशान रेष्टुरेन्टमा यौनधन्दा पनि हुने गरेको आरोप छ । यो कुरा प्रहरीलाई थाहा छ । तर, सञ्चालकहरूले घुस खुवाएर प्रहरीको मुख बन्द गरिदिएको स्रोतको भनाइ छ ।
आलिशान रेष्टुरेन्टका अर्का लगानीकर्ता राम थापाले कांग्रेस नेता तथा पूर्वगृहमन्त्री विमलेन्द्र निधि र नेपाल प्रहरीका केही उच्च अधिकारीको नाम भजाएर रात्रि व्यवसाय सञ्चालन गर्दै आएका छन् ।
राम थापाको ठमेलको इबिज्जा र रेड रक होटेलमा समेत लगानी छ । थापाले गत हप्तामात्रै कांग्रेस नेता विमलेन्द्र निधिले ‘ओजी’ नामक डिस्कोको उद्घाटन गरेका थिए ।
‘ओजी’ नामक डिस्कोको उद्घाटनमा आएका भीआईपीहरूको तस्विर खिचेर राम थापाले आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेका थिए । त्यसपछि गुन्डा नाइकेसँग विमलेन्द्र निधिसहितका भीआइपीले तस्बिर खिचाएर लिक गरेको भन्दै आलोचना भएपछि प्रहरीको दवावमा राम थापाले तस्बिरहरू हटाएका थिए ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads