Loading...
धादिङमा ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार एक जनाको मृत्यु

सोमबार साँझ धादिङमा ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।
दुर्घटनामा धादिङ मैदिका सन्तोष जंथ शाहको मृत्यु भएको धादिङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मोटसाईकल पछाडी रहेका गोरखा जिल्ला फिनाम नगरपालिका १२ घर भएका सुजन खड्का घाईते भएका छन् ।
धादिङको गजुरीबाट काठमाडौँ तर्फ आईरहेको ना ३ ख २९४६ नम्बरको ट्रकले सोही दिशातर्फ गईरहेको बा ७६ प ६४१२ नम्बको मोटरसाईकललाई ठक्कर दिएको हो ।
अहिले ट्रक, ट्रक चालक र मोटरसाईकल प्रहरीको नियन्त्रणमा छन् ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads